NRNA NCC अमेरिकाको पंजीकृत सदस्यता बापत १ करोड ४५ लाख गायब

Hollywood Khabar April 28,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) बारे हरेक कुरामा असन्तोष छ। २०१७-२०१९ को पंजीकृत सदस्य र सदस्यता शुल्क संबन्धि अन्योलता जारी नै छ। सोफ़्ट र हार्ड ड्राइभ गरेर बनेका सदस्यकाबारे सयौं प्रश्न उठेका छन् अनि जवाफ सार्जनिक भएको छैन।

एप्पल,गुगल जस्ता बिश्व विख्यात कर्पोरेटहरुको आर्थिक रिपोर्ट सार्वजनिक हुन्छ। तर नेपालीहरुको आस्था र भरोशा अनि ऐतिहासिक गौरवको लागि बनाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको थुप्रै कुराहरु र पछिल्लो समय सदस्यता संबन्धी प्रश्न निरुत्तरित छन।

केही दिन पहिला यो पंक्तिकारले संघको सदस्यता संबन्धि जवाफ पाउन तीनवटा फरक आधिकारिक तहका व्यक्तिहरुसँग रिपोर्ट दिन अनुरोध गरेको थिए। एनसीसी अमेरिकाका तत्कालीन कोषाध्यक्ष बेदराज बस्नेत, वर्तमान कोषाध्यक्ष डा प्रकाश अर्याल र गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापासँग। तर विडंवना यो लेख्दै गरेको दिन सम्म संघका अन्तराष्ट्रिय कोषाध्यक्ष हिक्मत थापा बाहेक कसैले पनि सो बिषयमा कुनै जवाफ दिनु भएको छैन।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले २०१७-२०१९ कार्यकालका लागि सदस्यता वापत ७६,२३,७४५ रुपैंया (Membership fee collection NPR 7,623,745) बुझाएको छ। अनि संघको भबन बनाउनको लागि थप लेबी बापत १५, २४७, ४९० रुपैयाँ (Building Levy collecton NPR 15,247,490) बुझाएको छ।

अब कुरा गरौँ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्यता बारे। गत वर्ष संघको आधिकारिक रुपमा आएको सुचना अनुसार हलिउडखबरले पोस्ट गरेको एउटा समाचार थियो। जस अनुसार संघको नयाँ आदवेदन दिनेहरुको संख्या १६, ८८१ जना। पहिलाको आजीवन सदस्य १०९ तर ११२ भनियो। प्रमाणित भएका मै पनि आजीवन ४८४ र साधारण १६३९७ गरेर सबै जोड्दा जम्मा १६,९९० सदस्य थिए। १६, ८८१ जनाको १५ डलरले पनि २५३,२१५ डलर हुनुपर्ने हो। तर ४८४ जना नयाँ आजीवन सदस्य छन्। आजीवन सदस्यको शुल्क $१५० ले त त्यो रकम झन् ठूलो हुन आउँछ। प्रमाणित सदस्य संख्या १४,७६३ थिए भनिएको छ। अब संघले पंजीकृत सदस्ता बापत कम्तिमा पनि २२१, ४४५ डलर अर्थात २ करोड २२ लाख रुपैंया बराबारको रकम बुझाउनु पर्ने हो। बुझाइएको रकम ७६ लाख २३ हजार छ।  अब बाँकी १ करोड ४५ लाख जति रकम कता गयो ?

आङ्कडा अनुसार सदस्यताका लागि आबेदन दिने संख्या- १६, ८८१ थिए। पुराना आजीवन सदस्य १०९ हो तर ११२ भनियो। लाइफ टाइम र अन्य गरेर हिसाब चाहिने १६,९९० जनाको हो। प्रमाणित भएका सदस्य १४, ७६३ हुन्। प्रमाणीकरणबाट हटाइएका संख्या २२३२ हो। लाइफ टाइम र सबै जोड्दा त्यो रकम ३ लाख डलर भन्दा धेरै हुनुपर्छ। हिसाब खै ?

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) बाट मलाइ निम्न डाटा उपलब्धि गराइ दिनुहुन भनेर मैले माग गरेको थिए। २०१७-२०१९ कार्यकालमा एनसीसी अमेरिकाको सदस्यता बारे संख्या र रकम दुवैबारे निम्न प्रश्नहरुको जावाफ सार्वजनिक हुन आवश्यक छ
१. जम्मा १५ दलरको फर्म भरेका सदस्य संख्या
२. आजीवन फर्म भरेका सदस्य संख्या
३. दुवै गरेर जम्मा फर्म भएरका सदस्य संख्या
४. पुरानो लाइभ टाइम मेम्बरको संख्या
५. प्रमाणित नभएका तर पैसा भुक्तानी गरेका सदस्य १५ डलरका सदस्य संख्या र रकम
६. लाइफ टाइम तर सदस्यता प्रमाणीकरण नभएका पैसा भुक्तानी गरेका संख्या र रकम
७. जम्मा प्रमाणित साधारण सदस्य संख्या र रकम
८. जम्मा प्रमाणित आजीवन सदस्य संख्या र रकम
९. दुवै गरेर प्रमाणित सदस्य र रकम
१०. यो कार्यकालमा जम्मा सदस्यता बापत जम्मा भएको रकम
११. ICC मा पंजीकृत सदस्यता बापत बुझाएइको सदस्य संख्या र डलर रकम
१२. ICC मा सदस्यता बापत भुक्तानी गरेको रकम अमेरिकी डलर र प्राप्त भएको नेरु समेत