NRNA NCC USA President Candidate 2019-Primary State

NRNA: गैरआवासीय नेपाली संघ रासप अमेरिका सदस्य बन्दैनन अध्यक्षमा आधा दर्जन

Hollywood Khabar January 26,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी-रासप) अमेरिकाका दुलो भित्रबाट २०१३ पछि मात्र पब्लिकमा आएको हो। अझै भन्नुपर्दा ३०० सदस्यबाट २०१४ मा भएको मध्यावाधि निर्वाचन तर पहिलो पटक खुल्ला निर्वाचनबाट ३,००० सदस्य बनाएर चर्चामा आएको हो।

सँस्थाका संस्थापक अध्यक्ष सुमन तिमल्सिना, त्यसपछि प्रल्हाद के सी, शिव कुमार राई हुँदै पहिलो पटक २०१४ मा खुल्ला रुपमा भएको निर्वाचनबाट खगेन्द्र क्षेत्रीको अध्यक्षतामा १९ सदस्य कार्यसमिति निवाचित भएको थियो। यो समितिले संघको इतिहासमा नै सबैभन्दा छोटो अबधिमा धेरै ठूला र चर्चित काम गर्न सकेको थियो भन्दा अति हुँदैनहोला। संसारमा नै सबैभन्दा धेरै सदस्य भएको एनसीसी बनाउने हैसियत पनि यो बेलामा नै भएको थियो।

त्यसपछि २०१५ देखि हाल सम्म डा केशब पौडेलको अध्यक्षतामा नेतृत्व छ। गत पटकका ६/७ सय आजीवन सदस्य जोडेर पनि हजार सदस्य कटाउन हम्मे-हम्मे परेको छ ऐलेको यो नेतृत्वलाइ। धेरै अभियन्ता र सदस्यहरु बन्न आकांक्षीहरु चाहिँ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले फेब्रवरीमा ल्याउने ग्लोबल सिष्टमा सदस्य बन्न कुरेर बसेका छन्। थुप्रैले उक्त केन्द्रीय एमआइएस प्रणालीमा नगए सदस्य नै नबन्ने कुरा पनि यो पंक्तिकारसंग भनेका छन्।

सदस्यहरु नबनेको अवस्थामा पनि उम्मेदवारहरु भने अध्यक्षमा नै आधा दर्जन पुगिसकेका छन्। यहाँ सम्मकी ब्यांकरप्सी गरेर पनि चुनाब लड्न तयार छन् भन्ने सम्म हल्ला सुनिन आएको छ। हाल सम्म कसैले पनि भिजन र योजना लिएर भने मैदानमा आएको छैन। तर पनि यो पंक्तिकारसँग भएको कुराकानीका आधारमा यहाँ आधा दर्जन व्यक्तिहरुलाई अध्यक्षको उम्मेदवारको रुपमा पस्किएको छ।

१. फ्रन्ट रनरमा बरिष्ठ उपाध्यक्ष सुनिल शाह

हाल सम्मको दौड हेर्दा सबै भन्दा धेरै दौडेका र चर्चामा रहेका अनि चुनाब पक्का पक्कि लड्ने उम्मेदवार भनेको बरिष्ठ उपाध्यक्ष सुनिल शाहलाइ देखिएका छ। एकापक्षलाइ मात्र बोक्यो, वर्तमान अध्यक्ष डा केशब पौडेललाइ बोकेर हिंड्यो भन्ने जस्ता आरोपका कारण बरिष्ठ उपाध्यक्ष शाहलाइ कतिपयले मन पराउँदा रहेनछन। तर पनि आफू एक भोट आएपनि म चुनाब लड्छु, जित्नु भन्दा पनि केहि काम गर्छु भन्ने मेरो मनसाय हो, नतिजा जे त आउला बरिष्ठ उपाध्यक्ष शाहले भने। आफू स्पष्ट छु, सबैलाई मिलाएर जान्छु भनेता पनि शाहलाइ सपोर्ट गर्नेहरुको कन्फूजन भने बढेको पाइयो। जे सुकै भएता पनि सुनिल शाह एउटा बलिया उम्मेद्वार भने पक्कै हुन्।

२. छुपेर पनि बलियो मानिएका सदस्य संजय थापा

अध्यक्षका लागि उम्मेदवार हुनेमा हालको कार्यसमिति सदस्य संजय थापा पनि छन्। थापा राजनीतिबाट एकैपटक बाटो फेर्दै गैरआवासीय नेपाली संघमा आएका हुन्। संघमा आएपछि भने थापाले राजनीति बिसाए, संघमा मिसाएका छैनन। अमेरिकामा रहेका बाम समर्थकहरुको एकलौटी उम्मेदवार हुने कसरत गरिरहेका सदस्य थापा अरु पक्षसँग मिलेर गएमा सबैभन्दा दरिला उम्मेदवार मानिन्छन। डेमोक्र्याटहरु झुण्ड झुण्ड र कुण्ड कुण्डमा लडिरहेको फाइदा सदस्य थापाले लिने पक्का छ। अघिल्लो पटक पनि तेसै भएको हो भन्छन एकाथरी नेपाली काँग्रेसका समर्थकहरु।

३. दौड धेरै तर पनि विश्वास लिन नसकेका सदस्य डा अर्जुन बन्जाडे

हालको कार्यसमितिमा सदस्य रहेका डा अर्जुन बन्जाडेलाइ निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धी हुन्छन भन्ने कुरा पहिला नै चलेको थियो। चार-पाँच महिना आगाडि नै संभावितहरु को को हुन् त भनेर यो पंक्तिकार र अर्का एकजना किङ्ग मेकरबीच छलफल भएको थियो। त्यो कुराकानीमा केहि कुराहरुमा सुधार गरेर गएमा सदस्य डा बन्जाडेको संभावना बलियो भएको कुरा भएको थियो। उसो त सदस्य डा बन्जाडेले सबैजसो मेजर सिटी र सबैपक्षसंग भेटघाट गरेका छन्। गत हप्ता डा बन्जाडे क्यालिफोर्निया आइपुगेका थिए। मैले डा बन्जाडेलाइ के साच्चै उम्मेदवार हुने नै हो त भन्ने प्रश्न गर्दा डा बन्जाडेले दिएको जवाफ जस्ताको तेस्तै राख्न रुचाएँ।

मेरा सन्तानहरु हुर्की सके, मेरो पढाइ पीएचडी हो अरु पढ्नु मन र आवश्यक दुवै छैन जस्तो लाग्छ। मेरो हालको उमेरले गर्दा सामाजिक काम गर्ने भनेको अबको आउने १० वर्ष जति हो। आर्थिक रुपमा पनि सबल नै छु। सँस्थालाइ एक कार्यकाल बुझ्ने मौका पाएँ, साथीहरुसँग मेरो कुनै मनमुटाव र दुराभाव छैन भने म उम्मेदवार किन न हुने र ?

४. कन्भिन्स गर्न प्रयासरत सुर्य लम्साल

गत २०१५-२०१७ कार्यकालमा कार्यसमिति सदस्य र २०१७ को निर्वाचनमा महासचिवका प्रत्यासी सुर्य लम्साल सबैतिर कन्भिन्स गर्नमा लागि परेका छन्।

लम्साल संस्थामा काम गर्ने व्यक्तिका रुपमा चिनिन्छ। विस्तारै सबैतिर कन्भिन्स गर्नमा लागि परेको छु निष्पक्ष रुपमा निर्वाचन भयो भने म जित्छु भन्छन लम्साल। उसो त हाल साइलेन्ट बसेको एउटा ग्रुपले उनलाई सघाएको कुरा बाहिर आएको छ। यसो नै हो भने चाहिँ लाम्साल पनि बलिया प्रतिस्पर्धी मानिन्छ।

५. चुप बस्छन अरुले गल लगाउनु पर्ने सदस्य कृष्ण लामिछाने

हालको कार्यसमितिमा सदस्य रहेका कृष्ण लामीछानेको एउटा बानी भनेको आफु फेसमा नआउने हो भन्नछन उनका निकटतमहरु। तर पनि भित्र-भित्र तयारी गरिएको भन्ने कुरा बाहिर आएको छ। सदस्य लामिछानेले यो पंक्तिकारसंगको कुराकानीमा आफू फेब्रवरी १६, २०१९ मा मात्र बोल्ने कुरा बताएका छन्।

हुन त हालका अध्यक्ष डा केशब पौडेल निकट मानिने लामीछाने केहि महिना पहिला देखि भने उनका बिरोधीका रुपमा देखिन आएका छन्। उनले केहि इस्सुहरुमा पनि बैठकमा खुलेर नै बोलेको कुरा बाहिर आएको हो। यसको अर्थ उनी अध्यक्षक प्रत्यासी हुन् भन्ने पक्का नै हो। जे होस यसको जवाफ पाउन अझै २/३ हाप्ता कुर्नुपर्ने भएको छ।

६. तयारीमा नै रहेका प्रवक्ता बिनोद तिवारी

हालको कार्यसमितिका प्रवक्ता बिनोद तिवारी पनि अध्यक्षकै लागि चुनाबमा जाने कुरा बाहिर आएको हो। उसो त यो पंक्तिकारसंग भएको कुराकानीमा पनि उनले पक्का पक्कि नै गरेका हुन्। प्रवक्ता तिवारीले यो पटक आफू अध्यक्षकै लागि उम्मेदवार भएको बताएका छन्। सबै मेजर सिटीहरुमा आफ्ना साथीहरुलाइ अनुरोध गरेको बताउने प्रवक्ता तिवारीले आफू यो पटक जित्ने कुरा बताए।

यस बाहेक गत निर्वाचनमा अध्यक्षका प्रत्यासी राम सी पोख्रेलको नाम पनि यो पटक अध्यक्ष कै लागि आएको हो। उनीसंग सम्पर्क हुन सकेको छैन। अन्य व्यक्तिहरु यो लेख्दाको समय सम्म सम्पर्कमा आएका छैनन। कतिपयको नाम भने अध्यक्षकै लागि भन्दा पनि अरु पद पाउन बार्गेनिङ्ग गर्न, चुनाब नै नलड्न यसो खाता खोलेर घर बस्न, चर्चा बनाइ राख्न, बजार भाउ जोख्न पनि बोल्दिने गरेको छ। तर पनि उनीहरु संभावना देखिएका र बजारमा आएको अवस्था पटक्कै छैन।