-NRNA: जनसम्पर्कका चार, प्रवासी एक गुट र सूर्य लम्सालको भिडन्तको

NRNA NCC अमेरिका:जनसम्पर्कका चार, प्रवासी एक गुट र सूर्य लम्सालको भिडन्तको

Hollywood Khabar March 15,2019 Comments

कृष्ण के सी/अमेरिका/३/१६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको २०१९-२०२१ निर्वाचनको प्रचार गर्मी चुलिएको छ।

निर्वाचनमा हुने ध्रुवीकरण र केन्द्रीकरणका प्रक्रिया पनि अलि अलि चलेका छन्। तर पनि निर्वाचनको लागि नोमिनेशन नै भैनसकेको अवस्थामा को चाहिँ पक्का र को चाहिँ बार्गेनिङको लागि भनेर अनुमान गर्न सकिन्न।

हाल नेपाली काँग्रेस अर्थात नेपाली जनसम्पर्क समिती अमेरिकाका चार गुटका उम्मेदवार अगाडि आएका छन्। अनि प्रवासी नेपाली मंच अर्थात नेपाल कम्यूनिष्ट पार्टीको समर्थकहरुका एक समूह अनि सूर्य लम्सालको एक समूह अगाडि आएको छ।

जनसम्पर्क समितिका कनेण्टिकट समूह मध्ये धेरैले डा अर्जुन बन्जाडे समातेका छन्। कनेक्टिकट समूहका केहि, नेपालमा आफूहरु सक्कली ३६ से भनेर दावी गर्नेहरु मध्ये केहि, बिष्णु सुवेदी, हरिबोल भण्डारीहरुले भने सुनिल शाहलाइ समातेका छन्। सुनिलसंग वर्तमान एनसीसी अध्यक्ष डा केशब पौडेल पनि छन।

घुमाउरो रुपमा जनसम्पर्क अमेरिकाका वर्तमान अध्यक्ष आनन्द बिष्टको समूहले भने कृष्ण पोख्रेललाइ वाइल्ड कार्डको रुपमा ल्याएको भन्ने आरोप छ। त्यसैगरी जनसम्पर्कका महासचिव मुनिन्द्र नेम्बाङ समूहको निर्णय आउन भने केहि दिन कुर्नुपर्ने भएको छ। नेम्बाङ्गले आफू अमेरिका फर्केपछि अध्ययक्ष र समितिका साथीहरुको सल्लाह समेत गरेर जनसम्पर्क समितिका सपोर्टरहरु मध्ये एउटा मात्र समूह बनाउन पहल गर्ने कुरा बताएका छन्।

हुन त जनसम्पर्क समितिक अध्यक्ष आनन्द बिष्ट पनि मिलाउने कुरा गर्छन। समितिका पूर्व संयोजक बिष्णु सुवेदीले केहि दिनपछि सदस्यताको छिनोफानो भएपछि पहल गर्ने कुरा गरेका छन्।

एनआरएन एनसीसी अमेरिकाको निर्वाचनलाइ लिएर जनसम्पर्क समितिको ध्रुवीकरण फरक रुपमा जाने पक्का भएको छ। डा यादब पण्डित आफू सक्रिय नहुने बताउँछन। तर पनि उनलाई डा बन्जाडेसँग जोडेर हेर्नेहरु पनि रहेछन। अब आनन्द बिष्ट, धनन्जय नर्सिङ् के सी, केशब बराल, बेद खरेल, बिनोद भट्ट, चन्द्र धिताल, कृष्ण पोख्रेल, डा अर्जुन बन्जाडेहरुको लुर्को एकातिर जाने अनुमान गरिएको छ।

बिष्णु सुवेदी, हरिबोल भण्डारी, राजन त्रिपाठी, सिपि पौडेल, ओम भट्टराईहरु अर्कातिर जाने जस्तो देखिएको छ। यो ग्रुपमा मुनिन्द्र नेम्बाङ्ग, सुन्दर गुरुङ, सुवास लामा, नारायण थापा, ज्ञानेन्द्र कार्की, रोशन ढुंगाना, पूर्ण शेर्पा, मदन पाठक, अमर लामा, महेश मल्ल, दुर्गेश कार्की, हेमराज भट्ट, राज सेन्चुरी, यादव दुलाल, अनन्त सुवेदी, नारायण खनाल, प्रियरंजन दाहाल, कृष्ण लामिछाने, भक्त थापा, मनोज घिमिरे, प्रशुपति पाण्डेहरुको सामिप्यता हुने अवस्था बलियो छ।

प्रवासी नेपाली मंच अमेरिकाले संजय थापाको नेतृत्वमा चुनावमा जाने निर्णय गरे अनुरुप नै अभियान गरेको छ। उनीहरु फुल फ्लेजको टिमका लागि पहलमा छन्।

उता सुर्य लम्सालको लागि पासांङ लामा र सोनाम लामाको नेटवर्कले काम गर्दैछ। पासाङ लामाले त पक्का पक्कि नै सूर्य लम्साल अगाडि रहेको बताएका छन्। पूर्व अध्यक्षकी प्रत्यासी रविना थापाको नेटवर्कले कसलाई सघाउँछ त्यसको छिनोफानो भएको छैन।

सुनिल शाह, सुर्य लम्साल र संजय थापाबीच आफसी तारतम्य हुने अवस्था छैन। डा अर्जुन बन्जाडे र कृष्ण पोख्रेलबीच सामिप्यताको एउटा संभावना छ। बिनोद तिवारीको प्रचार अलिकति पछाडी परेको देखिएको अवस्था छ। उनको सामिप्यता या मिलानका लागि अरुले वास्ता गरेको अवस्था छैन।

यदि कतै पनि तारतम्य भएन भने सुनिल शाह, सुर्य लम्साल, संजय थापा, डा अर्जुन बन्जाडे, कृष्ण पोख्रेल र बिनोद तिवारीका बीच अध्यक्षका लागि प्रतिष्पर्धा हुनेछ।