NRNA अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६, २०१७ मा हुने

Hollywood Khabar August 30,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको बंदिता शर्मा दाहालले अधक्षता गर्नुभएको निर्वाचन आयोगले भोग्नु सम्म झमेला र अड्चन भोगेपछि अन्तत निर्वाचन गराएर नै छोड्ने भएको छ। उहाको टीमका अन्य सदस्यहरुमा बिश्व बराल, भुवन गुरुङ र अन्जन श्रेष्ठ हुनुहुन्छ।
अगष्ट ११ र १२ मा हुनुपर्ने निर्वाचन अदालती आदेशका कारण रोकिएको थियो। अन्तत अध्यक्षका प्रत्यासी मध्य एकले आफुले दर्ता गरेको मुद्धा फिर्ता लिएपछि निर्वाचन हुन लागेको हो। सेप्टम्बर १५ अगावै निर्वाचन नभए अमेरिकाबाट आइसिसीमा प्रतिनिधित्व सुन्यहुने अवस्था थियो। अब निर्वाचन पश्चात नयाँ नेतृत्वले छान्ने डेलिगेट्ससंगै सबै कुरा संभव हुने भएको छ।
संघका ७५ एनसीसी मध्य सबै भन्दा धेरै सदस्य संख्या भएको देश नै अमेरिका हो। यो पटक २०० भन्दा धेरै उम्मेदवारहरु रहेको एनसीसी अमेरिकाको निर्वाचन प्रति सबैको चासो रहेको छ। निर्वाचन पश्चात आउने नेतृत्वले छान्ने डेलिगेट्सलाइ लिएर पनि आगामी विश्व सम्मेलनका नेतृत्वका प्रत्यासीहरुको आँखा अमेरिका तिरै लगाएको अवस्था छ।
निर्वाचनको लागि आयोगले सेप्टेम्बर ३ को पूर्वीय समय बिहान ८ बजे देखि ४८ घन्टाको मौन अबधि तोकेको छ। यो समयमा सामाजिक संजाल लगायत कुनै पनि मिडिया र मौखिक रुपमा निर्वाचन प्रचारमा एक्टिभ हुन् पाइने छैन।
निर्वाचनको नतिजा भने आयोगले कम्तिमा ३ बिजनेश डे पश्चात अर्थात सेप्टेम्बर १२ सम्ममा दिने कुरा समेत जनाएको छ। निर्वाचनका उम्मेदवारहरुको अन्तिम लिस्ट अगष्ट ३१ मा प्रकासित गरिने कुरा जनाइएको छ।
अन्तमा आयोगले मतदानका लागि आउने इमेल आइडी invitations@app.electionbuddy.com लाइ इन्भाइट/एड गर्न अनुरोध गरेको छ।