-NRNA:अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा दिल श्रेष्ठ उम्मेद्वार हुने

NRNA:अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा दिल श्रेष्ठ उम्मेद्वार हुने

Hollywood Khabar September 05,2019 Comments

कृष्ण के सी/अमेरिका/९/६/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९-२०२१ कार्यकालको लागि अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा दिल श्रेष्ठ उम्मेद्वार हुने भएका छन्।

नेपालको धादिङ्ग जिल्लामा जन्मे-हुर्केका श्रेष्ठ लस एन्जलसमा ब्यबसाय गर्दै आएका छन्। श्रेष्ठ २०१३-२०१५ कार्यकालमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सचिव रहेका थिए। २०१५-२०१७ मा उनि अन्तराष्ट्रिय परिषदका लागि सदस्य थिए।

यो पटक उनि अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा उम्मेदवार हुने भएका छन्। श्रेष्ठले हलिउडखबरसंग आफू यो क्षेत्रको एनसीसीहरुको पारदर्शिता र सिष्टम बिकासमा योगदान दिन आफू उम्मेद्वार हुने कुरा बताए।