-NRNA NCC USA Official LOGO

NRNA:अमेरिकाकाको डेलिगेट्स छनोटमा चरम लापरबाही, अध्यक्ष साहबाट पास की बाइ पास ?

Hollywood Khabar September 24,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२५/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले २०१९ को ९ औं बिश्वो सम्मेलन तथा अधिवेशनको लागि सहभागि हुने डेलिगेट्सको छनोटमा चरम लापरबाही गरेको छ।

यो पटक १६८ जना डेलिगेट्स पठाउन पाउने मध्ये पहिलो लटमा ७९ र दोश्रोमा लटमा ४१ गरि जामा १२० जनाको नाम प्रकाशित गरिएको छ। बाँकी रहेका ४८ जनाको नाम गत सेप्टेम्बर १८ सम्म आइसक्नुपर्ने थियो तर आएन।

डेलिगेट्स छनोटको लागि गत जुलाई ३०, २०१९ मा बसेको बैठकको निर्णय अनुसार निवेदन दर्ता अगष्ट २, २०१९ सम्म, अगष्ट १७, २०१९ मा नाम प्रकाशित, छनोट कार्य अगष्ट १८ देखि २५, २०१९ गरि अगष्ट २६, २०१९ मा छनोट गरिएका अन्तिम नाम प्रकाशति गरिने निर्यण भएको थियो। त्यसपछि प्रकाशित डेलिगेट्सहरुले दर्ता शुल्क तिर्ने म्याद अगष्ट २७ देखि ३०, २०१९ सम्म राखिएको थियो। त्यसपछि अन्तिम लिष्ट सेप्टेम्बर १ देखि ३ सम्म प्रकाशित गरि सेप्टेम्बर ५, २०१९ सम्म समूर्ण छनोट प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिएको थियो।

गैरआवासीय नेपाली संघले सेप्टेबर ३०, २०१९ सम्म सबै डेलिगेट्सको नाम आइपुग्नु पर्ने निर्णय गरेको छ। पहिलो कुरा त यो समाचार लेख्दाको मिति सेप्टेम्बर २५, २०१९ प्यासिफिक समय अनुसार साँझ ८ बजे सम्म कुनै पनि निर्णय आएको छैन।

सो बिषयमा जानकारी लिन अध्यक्ष सुनिल साहसंग सम्पर्क हुन सकेन। छनोट समितिका संयोजक तथा एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेसंग दुइ पटक करिब ३ घण्टाको फरक समयमा फोन गर्दा पनि सम्पर्क हुन सकेन, कल ब्याक पनि आएको छैन।

छनोट समितिका सदस्य तथा एनसीसी उपाध्यक्ष कृष्ण जिबी पन्थले आफ्नो क्षेत्रको लिष्ट पठाइसकेको तर फाइनल लिष्ट आएको छैन भने। आउनु पर्ने हो तर किन रोकिएको आफैं अचम्ममा छु भनेका छन्। छनोट समितिका सदस्य तथा एनसीसी उपाध्यक्ष बुद्दि सुबेदीसँग सम्पर्क हुन् सकेन।

छनोट समितिका सदस्य तथा एनसीसी उपाध्यक्ष बाबुराम लामाले आफू एउटा इभेन्टमा भएकोले पछि कल ब्याक गर्ने जवाफ दिए। महासचिव पशुपति पाण्डेसंग तीन कल गर्दा सम्पर्क हुन सकेन तर पाण्डेको बिचको एक कल ब्याक मिस भयो।

छनोट समितिका सदस्य तथा एनसीसी उपाध्यक्ष सर्बग्य वाग्लेले भने- १५ सेप्टेम्बर भित्र सबै काम सक्ने भनिएको हो। हामी उपाध्यक्षहरुले आफ्नो क्षेत्रका यो यो हुनुपर्ने भनेर लिष्ट पनि संयोजकलाइ दिइसकेका छौं। रोक्नु पर्ने कारण केहि पनि छैन। यो छनोट समितिको बैठक पनि समयमा बस्दैन, हामीसँग राय सुझाव लिने काम हुँदैन। तर अन्तै कतै क्षितिजबाट आदेश आएको जस्तो भान हुन्छ। लिष्ट आज सम्म आउनु पर्ने हो तर किन र कसको आदेशले रोकिएको हो त्यो आफू पनि अनविज्ञ छु।

सँस्था चलाउनुको अर्थ सबैको कुरा सुन्नु पनि हो। यो एनसीसी अमेरिका भनेको जितेका पदिय व्यक्तिको मात्र पनि होइन। अमेरिका देखि नेपाल जानेहरु भनेका उम्मेद्वारहरुलाई भोट दिन मात्र जाने होइन। आफ्नो परिवार, आफन्त भेट्न र चाड-बाड मान्न पनि जान्छन। कतिपयको घर काठमाण्डौ देखि बाहिर छ। जान टिकेट र यात्रा पनि त्यति सजिलो छैन। अर्को कुरा समयको अन्तिम समय भैसक्यो, अलिकति भए पनि फ्लाइट टिकेटमा २००/३०० बच्दा पनि दुख गरेको कमाइ बच्छ। कतिपय व्यक्तिहरु परिवार नै जाँदैछन्। एउटा फ्लाइट टिकेटमा २०० डलर बच्दा धेरै रकम बच्छ। यस्ता कुराको ख्याल छैन ? यहाँ नै यति रमिता छ भने काठ्माण्डौमा झन् कति रमिता होला त्यो त अझ हेर्न नै बाँकी छ। छनोट गरिएका भनिएकामा पनि कोहि कहिल्यै पनि गैरआवासीय नेपाली संघको जिम्मेवारीमा नरहेकाहरु छन्। तर कतिपय निर्वाचितहरु नै छनोटमा छैनन्। यो के को लागि ?

यो सबै खेलको दोष जो-जसले गरेता पनि, एकछिनमा डा बन्जाडेलाई दिइएला तर अन्तिम ठोकाई भनेको अध्यक्ष सुनिल साहको थाप्लोमा पर्न आउँछ। अध्यक्ष भनेको गुण र दोष दुवैको भागीदार हुन्छ। संयोजक डा बंजालेले के छनोटमा के गर्यो त्यो हराएर जान्छ तर अध्यक्ष साहको पालामा कति धेरै खराब काम भयो त्यो रेकर्डमा जान्छ।

यो लेखाइ धेरैलाइ मन नपर्ला, फेसबुकमा फ्लायर फाल्न पालिएकाहरुलाई त झनै मन नपर्ला तर पनि यो लेखाइ सत्य हो। यसमा कुनै राय र द्विविधा छैन। डाटा आफैं बोलेको छ।

यो पटक काठ्माण्डौ पुग्दा यहाँबाट छानिएका तर कुनै जिम्मेवारीमा नभएका, बिधि-बिधान र नियम मिचेर राखिएकाहरुलाई भने दावी-बिरोध लाग्ने कुरा पक्का छ।धेरैजना टिकेट काटेर बसेकाहरु हातमा प्रमाण लिएर बसेका छन्। ति मध्ये तीनजना त् सान फ्रान्सिस्कोमा नै छन्। कतिले मार्क गर्छन त्यो आफ्नो ठाउँमा छ तर धेरै जना फेरिन्छन यो भने सँस्थाको बिधि र बिधानको कुरा यो निश्चित छ।