-NRNA:उम्मेदवारहरुको सान फ्रान्सिस्को प्रस्तुति र डिबेट उत्कृष्ट हुने

NRNA:उम्मेदवारहरुको सान फ्रान्सिस्को प्रस्तुति र डिबेट उत्कृष्ट हुने

Hollywood Khabar April 14,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१५/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१९ निर्वाचनका उम्मेदवारहरुको प्रस्तुति तथा अध्यक्षका उम्मेदवारहरुसँगको डिबेट कार्यक्रम २० अप्रिलमा आयोजना गरिएको छ।

कार्यक्रम उपस्थित हुने उम्मेदवारहरुको लागि अग्रिम रजिष्ट्रेशन सुरु गरिएको छ। उम्मेदवारहरुलाइ एडभान्समा रजिष्ट्रेशन गर्न अनुरोध गरिएको छ। त्यसका लागि फोन # ५१०-२०६-१९२० मा सम्पर्क गर्नुहोला।

कार्यक्रम उत्कृष्ट बनाइने तयारी गरिएको छ। सबैले आफ्नो प्रस्तुति गर्ने मौका पाउनेछन। अध्यक्षका उम्मेदवारहरुले संस्था र आफ्नो योगदान अनि आफ्नो अबधिमा संस्थालाई कस्तो बनाउने भन्ने प्रष्ट गर्नेछन् भन्ने विश्वास गरिएको छ।

कार्यक्रम Golden Peacock Banquet Hall, 24989 Santa Clara Street, Hayward, CA 94544 मा ठिक ५ बजे सुरु गरिने छ।

कार्यक्रममा सान फ्रान्सिस्को ग्रेटर बे एरियाका सम्पूर्ण नेपाली समुदाय, संचारकर्मी, पत्रकार र मिडिया संचालक सबैललाई हार्दिक निमन्त्रणा गरिएको छ।

नोट:कार्यक्रमको लागि उम्मेदवारहरुले आफ्नो फ्लाइट टिकेट सान फ्रान्सिस्को इन्टरनेश्नल, सान होजे इन्टरनेश्नल या ओकल्याण्ड इन्टरनेश्नल मध्ये कुनै एक एयरपोर्टमा बुक गर्न सक्नुहुनेछ।