-नेपाली कांग्रेस नेता बिजय कुमार गच्छदार

NRNA:एनआरएनएबारे नेपाली काँग्रेसले पार्टीको नीति तय गर्ने- नेता गच्छदार

Hollywood Khabar July 05,2019 Comments

कृष्ण के सी/अमेरिका/७/६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एसीसी) अमेरिकाको ८ औं साधारण सभा/अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस नेता बिजय कुमार गच्छदार हुन्। संघको अधिवेशन यहि जुलाई ६-७, २०१९, सिकागोमा हुँदैछ।

नेता गच्छदारसँग हलिउडखबरले फोनमा गरेको कुराकानीका आधारमा यहा केहि कुराहरु राख्ने प्रयास गरिएको छ। पहिलो कुरा नेता गच्छदारको गैरआवासीय नेपाली संघमा पहिलो संलग्नता हो। संघका गतिबिधि र यसका मर्मसंग उनि धेरै बिज्ञ छैनन् तर राम्रो कुरा के भने उनि गैरआवासीय नेपाली संघबारे चासो राख्दा रहेछन। उनलाई संघबारे ऐले एकदमै जिज्ञासा जागेको रहेछ।

केहि प्रश्न पछि नेता गच्छदारले उल्टै थुप्रै प्रश्नहरु राखे। के के बिषय नेपाली काँग्रेसले उठाउनु पर्ने, कस्ता कुरा हुँदैछन् र कस्ता कुरा बाँकी छन् इत्यादी। यो लेख्दै गर्ने व्यक्ति पनि संघ र यसका तत्कालिन र प्रमुख बिषयहरूबारे धेर-थोर जानकारी राख्ने मध्येमा नै पर्छ। मैले आफ्नो तर्फबाट उठाएका बिषय उनले ध्यानपुर्वक सुने। सुनेपछि त्यसलाई अलिकति बिस्तारमा सुन्न जिज्ञासा समेत राखे।

नेता गच्छदारले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको ८ औं साधारण सभाको उद्धाटन सत्रमा आधा दर्जन भन्दा धेरै बिषय राख्नेछन। उनले उठाएका सबै बिषयहरु संघ र NRNs का हितमा हुनेछन।

अजिवको कुरा त नेपाली काँग्रेसले हाल सम्म NRNs र संघका बारे कुनै नीति नै बनाएको छैन। उसो त अरु कुनै पनि नेपाली राजनैतिक पार्टीहरुले यसबारे नीति बनाएका छैनन्। तर यस्तो संवेदनशील र राज्यको संबिधानमा नै उल्लेख भएको बिषयमा समेत पार्टी चुकेको कुरा समेत उनले बताए।

यति मात्र होइन आफू नेपाल फर्केपछि नेपाली काँग्रेस पार्टी र नेपाल सरकार, संसद या अन्य निकायमा बिषयहरु उठाउने कुरा गरेका छन्। उनले भने, नेपाली काँग्रेस नै पहिलो पार्टी हुनेछ जसले नेपाल बाहिर रहेका एकतिहाई नेपाली जनसंख्याको बिषयमा नीति बनाउनेछ। पार्टीमा स्पष्ट नीति तय गर्ने सम्मका प्रतिबध्दता जाहेर समेत उनले आज गर्नेछन। बाँकी नेता गच्छदारकै बोलीबाट सुन्दा उपयुक्त हुनेछ।