गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका-छैठौं साधारण सभा

Hollywood Khabar September 12,2017 Comments

सेप्टेम्बर १२, २०१७
आदरणीय सदस्यज्यूहरु,
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका,
यस संघको चालु बिधान २०१७ अनुसार बार्षिक साधारण सभा देहायको स्थान, मिति र समयमा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। यस सभामा भौतिक रुपमा उपस्थित हुननसक्ने सदस्यज्यूहरुका लागि अडियो-भिजुयल प्रबिधिको प्रयोग गरि सहभागि गराइने समेत जानकारी गराउन चाहन्छु।
एजेण्डाहरु:
१. निर्वाचन कमिशनबारे
२. जुडिसियल कमिटीबारे
३. काठमाण्डौमा हुने बिश्व सम्मेलनमा सहभागी हुने डेलिगेट्सहरुको छनोटबारे
४. संस्थाको नियमित आर्थिक र अन्य गतिबिधिको प्रतिवेदनबारे
५. बिधान संसोधन: (एनसीसी र आइसीसी बिधानको संयोजन र समायोजन)
६. विविध:
मिति: सेप्टेम्बर १६, २०१७
समय: १०:३० वजे - ५ बजेसम्म
स्थान:
Sheraton Inner Harbor, Baltimore
300 South Charles St.
Baltimore, MD 21201
Phone: 410-347-1848
कार्यक्रमको थप जानकारी पछि जानकारी गराइने छ।
धन्यवाद !
रबिना थापा
उपाध्यक्ष तथा कन्भेनर
छैठौं साधारण सभा
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका