-NRNA:एनआरएनए एनसीसी अमेरिकाको नयाँ समितिको पहिलो बैठक

NRNA:एनआरएनए एनसीसी अमेरिकाको नयाँ समितिको पहिलो बैठक, दुइबर्षे कार्ययोजना

Hollywood Khabar July 07,2019 Comments

दुई वर्षको कार्ययोजनामा छलफल, प्रतिनिधि छनौट समिति लगायतका महत्वपुर्ण विषयमा निर्णय गर्दै सूनिल कुमार साहको अध्यक्षतामा मिति ६/७/२०१९ मा वसेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको पहिलो बैठक सम्पन्न भएको छ ।

मिति: ७/७/२०१९

विज्ञप्ति

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको पदभार संहालेको नयाँ कार्यसमितिले आफ्नो कार्य प्रारम्भ गरेको सहर्ष जानकारी गराउद छौ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा आइतबार नयाँ कार्यसमितिको पहिलो बैठक वस्यो । तात्कालिक आवश्यकता, दिर्घकालिन कार्ययोजना र सान्दर्भिक विषयवस्तुलाई समेटेर महासचिव पशुपति पाण्डेद्वारा राखिएका प्रस्तावहरु माथि बैठकमा छलफल भयो ।

कार्यसमितिका निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थितिमा रिजनल कोर्डिनेटर गौरी जोशी, डिआरसी नविन शेरचन र आइसीसी सदस्यहरु समेतको सहभागितामा गरिएको बैठकले महत्वपुर्ण निर्णयहरु गरेको जानकारी गराउदछौं।

  • बैठकको प्रारम्भमा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरु वीचमा आपसमा परिचय साथै दूई वर्षको सहयात्रा र सहकार्यका लागि आत्मियता र आपसी सद्भाव जगाउदै संस्थाको हितमा अगाडि बढ्ने सामुहिक प्रतिवद्धता सहित सिकागोमा उपस्थित पदाधिकारी र सदस्यहरु आमनेसामने वसेर कार्यसमितिको बैठक शुभारम्भ भयो ।

  • महासचिवको दुई वर्षिय कार्ययोजनाको प्रारम्भिक प्ररारूप माथि विचार मन्थन गरियो । पदधिकारी र सदस्यहरुको थप राय सुझाव सहित आगामी बैठकमा पेश गर्ने सहमति गरियो।

  • एनआरएनए आइसीसीको अक्टोवर महिनामा नेपालमा हुने अधिवेशनमा अमेरिकाबाट सहभागि हुने प्रतिनिधि चयन गर्न बैठकले प्रतिनिधि चयन समिति गठन गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष संयोजक र क्षत्रीय उपाध्यक्षहरु, महासचिव र कोषाध्यक्ष सदस्य रहने गरि ७ जनाको समिति गठन गरेको छ। समितिले प्रतिनिधि चयनमा संस्थाको विधान, अमेरिकाको विद्यमान कानुन, आइसीसीको गाइडलाइन र आवश्यक परेमा अरु महत्वपुर्ण पक्षलाई आधार बनाएर प्रतिनिधि चयन कार्यविधि बनाइ काम गर्ने छ ।

  • आजकै बैठकले विधान समितिको संयोजकमा उपाध्यक्ष वी आर लामा, अमेरिकामा हुने जनगणनामा नेपालीहरुको सहभागिता वढाउन गठीत सेन्सस २०२० समितिको संयोजकमा बरिष्ठ उपाध्यक्ष अर्जुन बनजाडे र आइटी समितिको संयोजकमा महासचिव पशुपति पाण्डे रहने गरी पहिलो चरणमा तिन समिति गठन गरिएको छ। समितिमा थप सदस्य संयोजकहरुले बोर्डको सल्लाहमा चयन गर्ने छन्।

  • एनआरएनए-एनसिसि, अमेरिकाका पदाधिकारी, बोर्ड सदस्य र आइसिसिका सदस्यहरू इलोनोइज राज्यको सिकागोमा आमनेसामने बसेर गरेको यो पहिलो बैठकले आठौं साधारण सभा र सपथ ग्रहण कार्यलाई सफल बनाउन सहयोग गर्नु हुने संपुर्ण सदस्यहरु, स्थानिय च्याप्टर, आठौं साधारण सभा र सपथ ग्रहण कार्यक्रम तयारि समिति सदस्यहरु, निबर्तमान केन्द्रिय समिति तथा च्याप्टर समिति, टास्कफोर्स, सल्लाहकार, स्थानिय नेपाली संघ/संस्था, कलाकार, सन्चारकर्मी र सहयोगी सवैलाई धन्यबाद ज्ञापन गरिएको जानकारी गराउदछौं ।

पशुपति पाण्डे

महासचिव

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका