NRNA:एनआरएनए यूकेमा ध्रुवीकरण तिब्र, अब पक्का जितियो-अध्यक्षका प्रत्यासी सुनार

0
shares

by Krishna KC | Updated: 14 Aug 2019

158 views
-एनआरएनए यूकेअध्यक्षका प्रत्यासी सुनार

कृष्ण के सी/अमेरिका/८/१४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) बेलायतको सेप्टेम्बर १४, २०१९ मा हुने निर्वाचनलाइ लिएर बेलायतका मिडियाहरु र प्रचारकहरुले बजार तताएका छन्। मिडियाहरुले पक्ष र विपक्षमा समेत समाचार सम्प्रेषण गर्न थालेका छन्।

२००५ मा स्थापना भएको एनआरएनए एनसीसी यूकेमा यो पटक सबैभन्दा धेरै सदस्यहरु बनेका छन्। अझै पनि एनआरएनए एनसीसी यूकेमा नेतृत्वका लागि प्रत्यक्ष रुपमा अर्थात ब्यालेट मतको ब्यबस्था रहेको छ।

केहि समय यता आएर तिब्र रुपमा पक्ष र विपक्षमा ध्रुवीकरण हुने क्रम जारि रहेको खबरहरु बेलायतबाट आएका छन्। भर्खरै भएको भनिएको अध्यक्षका प्रत्यासी शेर सुनारको अरु प्रत्यासीहरुसँगको समिकरणले उनि बलिया भएको समाचर आएको छ।

सोहि क्रममा हलिउडखबरले शेर सुनार र उनका पक्षका अभियन्ताहरु र परिवार श्रोतसँग गरिएको कुराकानीका आधारमा यो समाचार तयार पारेको हो। सुनार पक्षको दावी छ- अगष्ट १३, २०१९ को पछिल्लो समीकरणले उपाध्यक्षहरु प्रेम गाहामगर, सुशीला राई र ललित न्यौपाने अध्यक्षका आफू (शेरबहादुर सुनार) लाई समर्थन गरेका छन्। उनीहरु तिनैजना अध्यक्षका प्रत्यासी रहेका थिए। यो समीकरणले एनआरएनए एनसीसी बेलायतको ध्रुवीकरणमा नयाँ शिरा बनाएको कुरा स्थानियहरुले बताए। यसै क्रममा सुनारले अब चुनाव पक्कै जित्ने र आफ्नो कार्यकालमा राम्रा कामहरु गर्ने प्रतिबद्धता समेत गरे।

आफूलाई लम्जुङ्गे भनेर चिनाउने सुनार विगत ३४ वर्ष देखि बेलायत बस्दै आएको बताउँछन्। हाल अल्डरसट बस्दै आएका सुनार एनआरएनए एनसीसी बेलायतको स्थापनाकाल देखि नै सहभागी रहेको बताउँछन। उनि २००९ देखि एनआरएनए एनसीसी बेलायतको सल्लाहकार रहेका थिए भने २०१७ मा उपाध्यक्षमा निर्वाचित भएका हुन्। थुप्रै संघ-संस्थामा समेत संलग्न रहेका सुनार यो पटक भने एनआरएनए एनसीसी बेलायतको अध्यक्षका लागि प्रत्यासी भएका छन्।

कुराकानीको क्रममा सुनारले भने आफू अग्रज, पूर्वज र वर्तमान सबैको सपोर्टमा आएकोले आफ्नो कार्यकाल पनि सफल रहने विश्वास दिलाए। उनले भने एनआरएनए एनसीसी बेलायतको छविलाई उचो राख्ने, उदाहरणिय एनसीसीको रुपमा बिकास गर्नेछु।