Vinaya Adhikari

NRNA:गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूके स्मार्ट, डिजिटल र उत्कृष्ट हुने

Hollywood Khabar January 01,2019 Comments

गैरआवासीय नेपाली संघको स्थापना भएको पनि १५ बर्ष बितिसक्यो। स्थापनाको ऐतिहासिक पाटोमा समेत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेको दरिलो हात छ। त्यसलाई अझै बढावा दिएर मजबुत बनाउनको लागि ऐले आएर एउटा महत्वकांक्षी योजना गरिएको छ।

यसका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, जवाफदेहिता, समावेशिता, सामूहिक एकता, राष्टिय एकता जस्ता कुराहरु अत्यावश्यक छन।

संस्थालाई यो पटक मुख्य गरी दुइ कुरामा ध्यान दिइएको छ। पहिलो कुरा यो एनसीसी सबैभन्दा धेरै सदस्यहरु भएको बिशाल हुनेछ। पंजीकृत सदस्यहरु धेरै मात्र भएर पनि हुँदैन। गुणात्मक र संख्यात्मक दुवै हुनुजरुरी छ। सदस्यहरुको विवाद थुप्रै एनसीसीहरुमा आएका छन। तर बेलायतको लागि भने हामी अत्यन्तै सचेत छौं। कोहि छुट्दैनन र कोहि दोहोरिदैनन्, कोहि इलियस हुँदैन। सकृय सदस्यहरुको निरन्तरता नै संघको लागि दिगो र स्थायित्व हुनेछ।

त्यसैले दोश्रो कुरा भनेको संघलाइ उत्कृष्टता दिने तिर हुनेछ। संस्था बन्नु र निरन्तरता दिनु मात्र काम होइन। एउटा उत्कृष्ट संस्था बनाउनु नै काम गर्नुको मज्जा हुन्छ, सबैलाई गर्व हुन्छ। ऐलेको अर्को तर बिगत लामो समय देखि चल्दै आएको बिषय भनेको भूपू गोर्खाहरुको अधिकारका कुरा पनि हुन्। त्यसलाई पनि हामीले उत्तिकै रुपमा उठाएका छन् र उठाउने छौ।

त्यस बाहेको एनआरएनमा युवाको सहभागिता बढाउने, हरेक गतिबिधि पारदर्शी, जवाफदेही, उत्तरदायी बनाउने कुरा छन। एनआरएन एनसीसी यूके आफनो नियमित गतिविधिमा बढी केन्द्रित रहँदै आएको छ। विशेष गरी सदस्यता विस्तारको महाअभियानमा लागि परेको छ। हामीले स्मार्ट एण्ड डिजिटल एनआरएन बनाउने अभियान अन्तर्गत १० देखि १५ हजारलाई पञ्जीकृत सदस्य बढाउने अभियान थालनी गरेका छौ ।

एनआरएन नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, वेल्समा गठन गर्ने काम सम्पन्न गरेका छौ। संस्था बिस्तार, सदस्यता र यस अबधिमा एनसीसी अध्यक्ष योगगकुमार फगामीको नेतृत्व सफल मात्र होइन मजबुत पनि बनेको छ। कार्यसमिति र यसको स्टेक होल्डरहरु सबैको उत्तिकै सपोर्ट छ। इतिहासमा नै पहिलो पटक तीन क्षेत्रीय समिति गठन गर्न भएका छौ। अनलाईन मेमरसिप प्रोजेक्ट पनि सफल भएको छ। अब फेब्रेवरी २०१९ देखि ग्लोबल सिष्टमको सदस्यतामा जाने कुरा आएको छ, त्यो पनि पुरा हुनेछ।

एननआरएन यूके अहिले १० हजारभन्दा बढी सदस्य बनाउने महाअभियानमा होमिएको छ । बेलायतभरि एनआरएन बनाउने कार्यमा विशेष भुमिकामा काम गरिरहेको छु। इंग्ल्याण्ड राज्यका विभिन्न क्षेत्रमा गएर क्षेत्रीय कमिटी बनाउने कार्य भइरहेको छ। हरेक क्षेत्रमा पुगेर एनआरएनमय बनाउने हाम्रो अभियान जारी छ ।

बेलायतको २०२१ मा हुने जनगणना (सेन्सस) को फाराममा नेपाली पहिचान दिलाउन अदर इथ्नीसिटीको सट्टा नेपाली राखिनु पर्ने माग प्रधानमन्त्री टेरेजा मेसम्म पुरयाउन सफल भई जोडदार आवाज उठाएका छौ। गैरआवासीय नेपाली नागरिकताको ऐन तथा नियमावली बन्ने चरणमा छन् त्यसतर्फ पनि हाम्रो निरन्तर अपडेट जारी नै छ। अबको कुरा भनेको प्राप्त उपलब्धिलाइ स्वीकार्दै थप अधिकार र उत्कृष्टता दिने तर्फ जाने हो।

विनय अधिकारी, एनआरएनए एनसीसी यूके, उपमहासचिव