-NRNA NCC UK: महिला संयोजक उम्मेदवार प्रसुना कडेल

NRNA:एनसीसी यूकेको महिला संयोजकमा प्रसुना कडेल उम्मेदवार हुने

Hollywood Khabar June 26,2019 Comments

बेलायतबाट/६/२७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) यूकेको २०१९-२०२१ कार्यकालको लागि महिला संयोजकमा प्रसुना कडेल उम्मेदवार हुने भएकी छन्।

धादिङमा जन्मिएकी प्रसुना कडेलले मोडलिङ्ग र नर्सिङ्ग दुवै पेशालाइ अंगाल्दै आएकी छन्। उसो त एनआरएनए एनसीसी बेलायतमा पनि सकृय रहँदै आएकी छन् उनि । प्रसुना कडेलको रुचि अरु फरक क्षेत्रमा पनि थियो तर उनी गैरआवासीय नेपाली संघमा सेवा गर्न आकांक्षी भएको बताउँछिन। त्यसैले कडेलले सेप्टेम्वर २०१९ मा हुने एनआरएनए एनसीसी बेलायतको निर्वाचनमा महिला संयोजकमा आफ्नो उमेद्वारी दिने घोषणा गरेकी हुन।

सन २००५ बाट यूकेमा रहंदै आएकी कंडेल क्रिटिकल केयर आउटरिच नर्स स्पेसलिष्ट तथा रोयल कलेज अफ नर्सिङको लर्निङ डेभलेप्मेन्ट हेल्थ एण्ड सेफ्टी प्रतिनिधी पनि भएको बताउँछिन। नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष तथा एनआरएनए एनसीसी यूकेकी सल्लाहाकार समेत रहेकी कडेलले सामाजिक हित र महिला सशक्तीकरणलाई प्रमुख प्राथमिकतामा राखेर आफ्नो उमेद्वारी दिने कुरा बताइन।

भिजिट नेपाल २०२० को महिला कमिटीमा पनि रहेकी कडेल नेप्लिज वमन एसोसिएसन युके र नेपलिज ब्लड डोनर्स यूकेको महासचिव पदमा रहेर पनि काम गरिसकेको कुरा बताउँछिन।

यसबाहेक कडेलले नेपालमा गएको बिनासकारी भुकम्पमा पनि नेपालका काठमाडौं, सिन्धुपाल्चोक, भक्तपुर लगायतका नौ वटा जिल्लामा नेप्लिज नर्सिङ एसोसिएसन यूकेको तर्फवाट खटिएकी थिइन। माइती नेपाल, मानव सेवा आश्रम, रेन्बो चाईल्ड फाउण्डेसन, रत्न अश्रम लगायताका मानव परोपकारी संस्थाका लागि थुप्रै पटक काम गरेकी उनी हेल्प नेपाल नेटवर्कको १० करोडको अक्षयकोषका लागि समेत संयोजकका रुपमा काम गरेको अनुभव उनले बताइन।

उसो त कंडेलले फिचर फिल्म, सर्ट मुभी, म्युजिक भिडियो, र्याम्प तथा बिभिन्न म्यागेजनिका लागि काम काम गरिसकेकी समेत बताइन। यस पटक एनआरएनए एनसीसी यूकेको महिला संयोजकमा कंडेल बलियो प्रत्यासीका रुपमा मानिएकी छन्।