-एनआरएन सिङ्गिङ ग्लोबल आइडल २०२१ अडिशनको म्याद ३० अप्रिल सम्म

एनआरएन सिङ्गिङ ग्लोबल आइडल २०२१ अडिशनको म्याद ३० अप्रिल सम्म

Hollywood Khabar April 09,2021 Comments

हलिउडखबर, अमेरिका, अप्रिल १०, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्येपूर्व युवा फोरमद्वारा आयोजित एनआरएन सिङ्गिङ ग्लोबल आइडल २०२१ डिजिटल अडिशन पठाउने म्याद ३० अप्रिल सम्म थप गरिएको छ।

एनआरएनएको मध्यपूर्व क्षेत्रका क्षेत्रीय युवा संयोजक राज रेग्मीले तयारी र सुझाव सबैलाई दृष्टि गर्दै सो म्याद थपिएको बताएका छन्। यसपूर्व एनआरएन सिङ्गिङ ग्लोबल आइडल २०२१ को विजेता (प्रथम) ले प्राप्त पुरस्कार रकम ७ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, दोस्रो पुरस्कार ४ लाख रूपैयाँ, तेस्रो पुरस्कार २ लाख रूपैयाँ, चौथो पुरस्कार १ लाख रूपैयाँ र पाँचौं पुरस्कार ५० हजार रूपैयाँ रहेको छ।

कार्यक्रमको ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर पनि प्रदान गरिने कुरा संघको मध्येपूर्व क्षेत्रका क्षेत्रीय संयोजक प्रविन गुरुङ र आयोजक संयोजक राज रेग्मीले जनाएका छन। पछिल्लो कार्यक्रम तालिका अनुसार डिजिटल अडिसन अप्रिल ३० सम्म, प्रतिस्पर्धा मे १४-१५ र ग्राण्ड फिनाले मे २१, २०२१ मा हुने बताइएको छ।

एनआरएन सिङ्गिङ ग्लोबल आइडल २०२१ को जजहरुमा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्रश्ना शाक्य र गायक विजय लामा रहेका छन्। छनोटमा पब्लिक अनलाइन भोटिङको व्यवस्था गरिएको कुरा संयोजक रेग्मीले बताएका छन।