-गैरआवासीय नेपाली संघका अध्यक्ष र स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठी बीच भेटघाट

गैरआवासीय नेपाली संघका अध्यक्ष र स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठी बीच भेटघाट

Hollywood Khabar February 14,2021 Comments

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय ह्रदयेश त्रिपाठी बीच गैरआवासीय नेपाली संघ मार्फत कोभिड–१९ को खोप नेपालमा उपलब्ध गराउन कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो ।

सुरुमा अध्यक्ष पन्तले संघले कोभिड–१९ को रोकथाम, राहत र नेपाल फिर्तीमा पुराएको सहयोग र नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएका स्वास्थ सामाग्रीहरुका बारे प्रकाश पार्नु भयो । उहांले संघको स्वास्थ्य समितिले हाल सम्म पनि परिचालन गरिरहेको स्वास्थ्य स्वयंसेवकहरु मार्फत भईरहेका बिभिन्न कामहरुका बिषयमा मन्त्रीज्यूलाई अवगत गराउंदै नेपालमा कोभिड–१९ को खोप आपूर्तिमा संघले के कस्तो सहकार्य गर्न सक्छ र यसको लागि संघले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुबाट आर्थिक सहयोग संकलन गर्ने योजना अघि सारेको जानकारी गराउनु भयो। सो अवसरमा अध्यक्षले संघको स्वास्थ्य समितिको तर्फबाट तयार पारिएको प्रारम्भिक साम्झौता पत्र समेत मन्त्रीज्यूलाई अध्ययनको लागि हस्तान्तरण गर्दै यसका बिषयबस्तु उपर मन्त्रालयको धारणाका लागि अनुरोध गर्नु भयो ।

सो अवसरमा माननीय मन्त्रीज्यूले संघले नेपाल सरकारलाई स्वास्थ मन्त्रालय मार्फत उपलब्ध गराएका सहयोगको लागि धन्यवाद व्यक्त गर्दै कोभिड–१९ को खोप G2G मार्फत मात्र खरिद गर्न सकिने जानकारी गराउनु भयो । उहांले उत्पादन र मागमा देखिएको असमानजस्यताले गर्दा खोपको उपलब्धतामा समेत केहि कठिनाई भएको छ र यसको प्रयोगको कार्यविधि समेत तयार नभएको अवस्थामा सोचे जस्तो प्रयोगमा ल्यउन नसकिएको र हाल यसको प्रयोगको लागि कार्यविधिहरु समेत मन्त्रालयले तयार गरिरहेको जानकारी गराउनु भयो । सरकारले हाल तीन चोटि परिक्षण गरिसकेको थप २२,५०,००० खोप खरिद गर्न प्रयास गरिरहेको जानकारी गराउंदै यो माग र आपूर्तिको समस्या मात्र नभई एक राजनीति समस्याको रुपमा समेत देखापरेको अवगत गराउनु भयो । उहांले हाल नेपाल सरकारले बीचौलिया मार्फत कुनै पनि खोप खरिद नगर्ने तर सरकारको स्वीकृति लिई नेपालका निजि अस्पताहरुले खोप ल्याएमा सरकारले तोकेको मूल्यमा खोप लगाउन दिन सकिने बताउनु भयो ।

अन्त्यमा, संघको नेपाल सरकारलाई खोपको लागि केहि रकम उपलब्ध गराउने योजना सकारात्मक रहेको र संघले तयार पारेको सम्झौता पत्र अध्ययन गरी आवश्यक सुझाव दिने समेत बताउनु भयो । छलफलमा निवर्तमान सांसद विरोध खतिवडा, संघका उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।

मिति: १५ फेब्रुवरी, २०२१ ।