-एनआरएनए एनसीसी पोर्चुगलका निलम्बित कोषाध्यक्ष पुलिस कष्टडीमा

एनआरएनए एनसीसी पोर्चुगलका निलम्बित कोषाध्यक्ष पुलिस कष्टडीमा

Hollywood Khabar April 16,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवर प्रहरीको कष्टडीमा रहेका छन्।

पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका एनआरएनए एनसीसी पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले अप्रिल १६, २०२१ शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

नेपाली लगायत थुप्रै व्यक्तिहरुलाई नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा मारेको थियो। यसको रहश्य स्वदेश फर्किन लागेका श्रमिकहरुको लागि नक्कली फ्लाइट टिकेट दिएर अनुमानित २ करोड नेपाली रुपैयाँ भन्दा धेरै ठगी गरेको आरोप उनीमाथि छ।

यति मात्र होइन त्यहाँका नेपालीहरुको नेपालबाट आउने परिवार सदस्यहरुको समेत आउने टिकेट नक्कली दिएर दोहोरो ठगेको आरोप छ। आउने र जाने दुवै तर्फ ठग्ने उनको ठगी प्रकरण पर्दाफास भएपछि उनि फरार रहँदै आएका थिए। यो काण्डपछि कुँवरलाइ एनआरएनए एनसीसी पोर्चुगलले कोषाध्यक्ष पदबाट निलम्बित गरेको थियो।