-NRNA VP and President Candidate 2019 Mr. Kumar Pant

NRNA:६०/७० हजार सदस्य मात्र होइन ६०/७० लाख एनआरएनको सहभागिताको कुरा गर्दैछु:उपाध्यक्ष पन्त

Hollywood Khabar September 12,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१३/१९

गैरआवासीय नेपाली संघको २०१९-२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो कार्यकालमा निशुल्क सदस्यताको ब्यबस्था गर्ने कुरा बताएका छन्।

उपाध्यक्ष पन्तले आफ्नो कार्यकालमा एनआरएनहरुलाइ सदस्यता निशुल्क दिने घोषणा गर्दै-गर्दा केहि मिडियाहरुले हल्ला त पिटे तर कसरी भन्ने जवाफ उनीहरुले दिने श्रोत उनीहरुलाई जुटेन। न उपाध्यक्ष पन्तसँग सोध्ने जमर्को गरे, न आफूले लेख्ने कुरामा बिचार नै गरे।

हुन त उनिहरुले कसैले हाछ्यौं गर्दा पनि त्यसलाई समाचार नै बनाएका छन्। एनआरएनको पत्रकार या सो क्षेत्रमा लेख्न भने पत्रकार मात्र भएर हुन्न लिडर, निडर र संघको बिषयमा पनि अलिकति ज्ञान भएको हुनुपर्छ। अन्यथा हामीलाई माया गर्नुहोस, शेयर र लाइक गर्नुहोस अनि बेल आइकन थिच्नुहोस भन्नेको जमातमा अर्को एउटा मिडिया थपिन्छ।

एनआरएनबारे लेख्ने व्यक्ति सँस्थाको योजना, बिधि र बिधान, धेरै देशको परिस्थिति समेत बुझेको हुनुपर्छ। अझै भन्नुपर्दा, एनआरएन एउटा फिलिङ हो, त्यो फिलिंङ खुल्न आफै एनआरएन भएको हुनुपर्छ। त्यसैले उनीहरुले सापटी र चन्दामा पनि फरक नछुट्याएका नै हुन्। जब उनीहरुले आफूले लेखेको आफैंले बुझ्दैनन् भने अरुलाई के को मिडिया सपोर्ट गर्लान भन्ने प्रश्न उठेको छ।

बिगतमा जस्तै नीतिगत प्रश्नमा उपाध्यक्ष तथा अध्यक्षका आकांक्षी कुमार पन्तलाइ सदस्यता किन निशुल्क गर्नुपर्ने, निशुल्क वितरण गर्ने बिधि के हो र यसबाट आउने शुल्क रकम कसरी पुरा हुन्छ भन्ने जिज्ञासा राखियो। यस बिषयमा पन्तले हलिउडखबरलाई दिएको आफ्नो योजना यहाँ प्रस्तुत गरिएको छ।

तीन प्रमुख कारणले गर्दा सदस्यता निशुल्क गर्नु परेको हो। पहिलो सबैलाइ समेट्नको लागि निशुल्क गर्नु जरुरि देखेको छु। शुल्ककै कारण धेरै ठाउँमा एनआरएनहरु बाहिरिएका छन्। त्यसमा सदस्यता लिने भन्दा सदस्य बनाउने, अनि सदस्यता संबन्धि धेरै विवाद समेत आएको अनुभव मसँग छ। यस्तो गलत प्रकृया चलेकोले त्यसलाई दुरुत्साह गरेर समान रुपमा एनआरएनहरुलाइ सदस्यता दिने होइन लिने मौका दिनको लागि सदस्यता निशुल्क गर्नु आवश्यक छ।

दोश्रो कारण, संघको फाइदाको लागि सदस्यता होइन एनआरएनहरुको फाइदाको लागि गैरआवासीय नेपाली संघ हो। त्यसैले संघको सदस्य भएर एनआरएनहरुले लिने थुप्रै फाइदा पाउनको लागि, थप फाइदा बढाउँदै जानको लागि, को कहाँ छ र उनीहरुको लागि के आवश्यकता छ त्यो बुझनको लागि, एनआरएनहरुको क्षमता र आवश्यकता अनुरुप योगना गर्नको लागि, उनीहरुलाई एउटा प्लाटफर्ममा ल्याउनको लागि पनि सदस्यता निशुल्क गर्नु जरुरी छ। एक-दुइ हजार या करोड रुपैयाँको होइन नेपाल सरकारले एनआरएनबारे गरेको ब्याख्या र संघको बिधान अनुरुपका सबै गैरआवासीय नेपालीहरु सदस्य हुनको लागि पनि संघको सदस्यता निशुल्क हुनु जरुरी छ, पन्तले भने।

अनि तेश्रो कारण चाहिँ, सम्पूर्ण एनआरएनहरु सदस्य बनुन र उनीहरुको कलेक्टिभ योगदान संघमा होस् भनेर नै हो। म ६०/७० हजार पंजीकृत सदस्य र उनीहरुको सदस्यता शुल्कबापतको २/३ करोड रुपैयाँको कुरा गर्दै छैन। म ७०/८० लाख गैरआवासीय नेपालीहरुको संलग्नता, योगदान र उनीहरुको फाइदाको कुरा गर्दैछु। सदस्यताको शुल्क एउटा मूल्य हो। त्यो मूल्य भन्दा ठूलो एनआरएनहरुको सहभागिता र योगदान हो। शुल्कको मूल्य हुन्छ तर सहभागिता र योगदानको कुनै मूल्यमा तुलना हुन सक्दैन, त्यो अमुल्य हुन्छ। उसै पनि एनआरएन भनेको अलिकति भावनासँग जोडिएको सँस्था हो। हामी विदेशमा बसेका सबैले नेपालको भावना धेरै बोकेका छौं। त्यो अर्थमा पनि बिधान अनुरुपका सबैजना संघको सदस्य हुनु जरुरी छ, यो कुरा पुरा हुन्छ, पन्तको जिकिर थियो।

यसलाई कसरी पुरा गर्ने त भन्ने प्राश्नमा पन्तले भने- हामीले २०१५ देखि नै सुरु गरेको मेम्बरशिप इन्फर्मेशन सिष्टम (MIS) छ। त्यसलाई अझै परिमार्जन गरिएको छ, गर्दै पनि गइनेछ। यसबाहेक निवर्तमान अध्यक्ष डा शेष घलेको एनआरएन भिजन २०२० एण्ड बियोण्डमा सदस्यता संबन्धि पनि धेरै प्रष्ट ब्यबस्था छ। त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्दा यसको पनि ब्यबस्था सँगै हुन्छ। कार्यान्वयनमा केहि थप कुरा आवश्यक्ता परे नीति निर्माण गर्दै गाइने छ, पन्तले भने।