-एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ

Hollywood Khabar January 31,2021 Comments

कृष्ण के सी, अमेरिका, जनवरी ३१, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले निर्वाचन २०२१ को लागि निर्वाचन आचार संहिता प्रकाशित गरेको छ।

जनवरी ३१, २०२१ आइतबार एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोग २०१९-२०२१ ले आगामी निर्वाचनको लागि निर्वाचन आचार संहिता प्रकाशित गरेको छ। आयोगका प्रमुख आयुक्त विश्व बरालद्वारा प्रेसित ७ पृष्ठ लामो सूचनामा निर्वाचनका थुप्रै कुराहरु उल्लेख गरिएको छ।

एनआरएनए एनसीसी अमेरिकाको बैधानिक ब्यबस्था अनुसार निर्वाचन आयोगको गठन साधारण सभा या अधिवेशनले मात्र गर्न पाउने ब्यबस्था छ। त्यसैले एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोग स्वतन्त्र हुनेगर्दछ। यसमा कार्यसमितिको कुनै नियन्त्रण, अंकुस नरहने समेत ब्यबस्था विधानले गरेको छ। त्यसैले आयोग कार्यसमिति भन्दा साधारण सभा या अधिवेशनसँग जवाफदेही हुने गर्दछ।

हालको एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगमा निम्न प्रमुख आयुक्त र आयुक्ता रहनु भएको छ:

  • विश्वो बराल प्रमुख आयुक्त
  • बाशु देव फुलारा, आयुक्त
  • गोविन्द श्रेष्ठ, आयुक्त
  • कुल मणि आचार्य, आयुक्त
  • शिव राज पौडेल, आयुक्त

सूचनाको बिस्तृत विवरण हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://nrnaelection.nrnusa.org/media/nrna-election-code-of-conduct-2021.pdf