-COVID-19 कार्यमा एनआरएनए एनसिसी साउदिको गतिबिधी आठौं हप्ता

COVID-19 कार्यमा एनआरएनए एनसिसी साउदिको गतिबिधी आठौं हप्ता

Hollywood Khabar June 19,2020 Comments

कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ।

हाल सम्म साउदि अरबमा संक्रमित संख्या १,५०,२९२ पुगेको र मृत्‍यु हुनेको संख्या ११८४ पुगेको छ भने हाल सम्म ९५,७६४ जना कोरोना बाट निको भएर फर्केका छन्। पछिल्लो बिगत ३ साता भन्दा अघिको आधिकारिक जानकारि अनुसार संक्रमित हुने नेपालीहरुको संख्या १३६४ रहेको थियो जस मध्ये ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको थियो।

संक्रमित तथा मृत्‍यु हुने नेपालीहरुको संख्या बढेको हुन सक्ने बिभिन्न सन्जाल तथा ब्यक्ती मार्फत खबरहरु आएता पनि कोरोनाका कारण साउदी अरबमा संक्रमित तथा मृतक नेपालीको पछील्लो अवस्था(संख्यात्मक) अद्यावधिक गर्न यहाँ स्थित नेपाली राजादुताबास र नेपाली महावाणिज्य दुताबासलाई मिती ११-जुन-२०२०का दिन संस्थागत अनुरोध गरिएतापनी हालसम्म अधिकारिक जानकारी प्राप्त भएको छैन।

यो साता दु:ख पाएर खाद्यान्नको लागि अनुरोध नआएतापनी नेपाल फर्कने तयारीमा रहेका पहिलो चरणका नेपालीहरुका नेपाल फर्किनको निम्ती कोरोना टेस्ट र अन्य प्रकृयामा अल्झिएका अधिकांश नेपालीहरुका फोनकल हरु आएका थिए जसलाई बिभिन्न क्षेत्रमा रहेका संघका कार्यदलका पदाधिकारीले आवश्यक सुचना प्रभाह गर्नुको साथै सम्बन्धित निकाय संग समन्वय गरेका थिए। नेपाल सरकार द्वारा तय गरिएका प्राथमिकताको आधारमा पहिलो सुचिमा परेकामध्ये १८ जुन २०२० का दिन हिमालय एयरलाइन्सको H9-5602 उडान बाट ८ जना महिला, १ अपांग सहित कूल १५३ जना नेपाली श्रमिकहरू साउदी अरबको पूर्वी शहर दम्माम एयरपोर्ट बाट स्वदेश फर्किएका थिए साथै उक्त बिमानमा साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका मध्ये १ जना मृतकको शव पनि नेपाल लगिएको थियो।

यो साता थप ४ जना पीडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका ३४५ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। साथै ४०० भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजादुताबास र महावाणिज्य दुताबस संग समन्वय गरी दुताबासको पहलमै समाधान र उध्दारमा कानुनी उपचार स्वदेश फिर्ताको प्रकृयामा रहेका छन्। मिती १९ -जुन-२०२० का दिन बसेको बैठकमा संघको कोरोना उध्दार कार्यदल कमिटी अनी NRNA NCC का सम्पूर्ण पदाधिकारी,सल्लाहकार परिषद, आइसिसी पदाधिकारीको उपस्थिती साथै नेपाली महावाणिज्य दुताबास जेद्दा साउदि अरबका बाणिज्यदुत श्री भुवन पौडेलको बिशेष उपस्थिती रहेको थियो।

बैठकमा उपस्थित बक्ताहरुले बाणिज्यदुत श्री भुवन पौडेल समक्ष जिज्ञासा राख्ने क्रममा साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाएको तालिका अनुसार फर्किने नेपालीहरुले कोरोना टेस्ट लगायत अन्य कानुनी झमेलामा अल्झिरहेका गुनासोहरु आएको,टिकट किन्न सक्ने तथा कम्पनिले टिकट उपलब्ध गराउने नेपालीहरु जान सक्ने परन्तु बहिर्गमन भिसा लागिसकेका, बेरोजगार भएका, बिभिन्न कारणले अबैध रूपमा बसेका र डिपोर्टेसन सेन्टरमा रहेका नेपालीहरुको निम्ती यती ठुलो रकम जुटाउन नसक्ने भएकोले तेस्ता पीडितहरु छुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले तेस्ता वास्तविक पीडितको पहिचान गरी फर्काउने, नेपालमा पुर्याएर स्वास्थ्य सेवा, रोजगारिको ब्यबस्था, कोरोना टेस्ट तथा क्वेरन्टाइन सेवा गर्नु पर्ने महावाणिज्य दुताबासको पहल र नेपाल फर्किन लागेका श्रमिकहरुको अवस्था तथा कोरोना बाहेक अन्य कारणले मृत्‍यु भएका नेपालीहरुको शव नेपाल पठाउन के कस्ता पहल गरिएका छन्।

सो जिज्ञासामा बाणिज्यदुतद्वारा पहिलो सुचिमा परेका २७० जना नेपालीहरुको हकमा सम्पूर्ण तयारी भएको र नेपाल सरकारको निर्देशन् अनुसार कोरोना टेस्टको निम्ती अनिवार्य RAPID DIAGNOSTIC TEST(RDT) गराउने या POLYMERASE CHAIN REACTION (PCR) मध्ये कुनै एक टेस्ट गराएर अगाडि बढ्ने तयारीमा रहेको, डिपोर्टेसन सेन्टरमा रहेका नेपालीहरुलाई साउदी सरकार द्वारा नेपाल फर्काउने जानकारी आएकोले सोही अनुसार अन्य पीडितहरुलाई क्रमबध्द तरिकाले प्राथमिकताका आधारमा कोरोना टेस्ट लगायत सम्पूर्ण प्रकृया पुर्याएर नेपाल फर्काउने तयारीमा रहेको, मृतकहरुको शव बारे हाल सम्म जेध्दामा ९ वोटा शव रहेको मध्ये ५ वोटा शवको NOC तयार भएकोले शवहरु नेपाल पठाइने र बाँकी शवहरुको लागि दुताबास बाट गर्नुपर्ने सम्पूर्ण काम गरिसकेको बारे प्रष्ट्याउनु भएको थियो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यस बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजिवि नेपाली बिच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर हामी संयुक्त रूपमा हातेमालो गर्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउनको निम्ती मध्यस्थ कर्ताको रूपमा राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था, नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वयको आठौं हप्ता पार गरिसकेका छौं र यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता जनाउंछौं।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब

जुन २०, २०२०