-NRNA NCC USA Official LOGO

NRNA:एनआरएनए एनसीसी अमेरिका युथ लिडरसिप स्कलरसिप ४ जनालाई

Hollywood Khabar August 07,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाद्वारा स्थापित युथ लिडरसिप स्कलरसिप - २०१९ चार जनालाई प्रदान गरिने भएको छ।

बिजेताहुनेहरुमा दक्षिणी क्षेत्रबाट अमित त्रिपाठी (युनिभर्सिटी अफ साउदर्न मिसिसिपी), उत्तरपूर्वबाट अस्का शेर्पा (हन्टर कलेज, न्युयोर्क), पश्चिमी क्षेत्रबाट किरण पाण्डे (आइडाहो स्टेट युनिभर्सिटी) र मध्यपश्चिमबाट रिशिका जोशी (लोयोला युनिभर्सिटी, सिकागो) रहेका छन्।

अमित जुनियर कन्स्ट्रक्सन इन्जिनियरिङ टेक्नोलोजी र अर्थशास्त्रका विद्यार्थी हुन्। यता अस्का शेर्पा सिनियर नर्सिङ विषय लिएर अध्ययनरत छिन्। किरण इलेक्ट्रिक इन्जिनियरका विद्यार्थी हुन् भने रिशिका बायोलोजी र न्युरो साइन्सका विद्यार्थी हुन्।

एनआरएनए एनसीसी अमेरिकाका निवर्तमान युवा संयोजक तथा आइसीसी मेम्बेर इलेक्ट स्वराज खाती यस युथ लिडरशिप अवार्ड २०१८ का परिकल्पनाकार हुन्। उनले छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने समितिका सदस्यहरु द्वय-कुशल पोखरेल, डा निरोज बस्नेत, डा सिरोज पोखरेल, डा सुमन सत्याल, सुमन कार्की, सुलभ पौडेल, निलिमा बादे श्रेष्ठ र प्रकाश बस्नेतलाई धन्यबाद ज्ञापन गरेका छन्।

नगद एक हजार डलर सहितको युथ लिडरशिप स्कलरसिप अमेरिकाको चारवटै भौगोलिक क्षेत्रबाट कुल ३२ जना सहभागी भएका थिए। एनआरएनए एनसीसीका महासचिब पशुपति पाण्डेले एक बिज्ञप्ति मार्फत बिजेताहरु सार्बजनिक गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने समितिहरुलाई पनि धन्यबाद ज्ञापन गरेका छन्।

युथ लिडरशिप अवार्ड २०१९ छनोटसमितिका सदस्य कुशल पोखरेलका अनुसार सबै सहभागीहरुलाई शैक्षिक, अतिरिक्त क्रियाकलाप, विभिन्न सिफारिस पत्रहरू, निबन्ध, सामाजिक नेतृत्व र एनआरएनएको लक्ष्यसँगको निकटताको आधारमा मुल्यांकन गरिएको थियो।

निश्पक्षताका लागि शैक्षिक र नेतृत्व क्षमता भिन्ना भिन्नै समुहले मुल्यांकन गरेको थियो। पठाईएका निबन्ध ४ जनाको समुहले छुट्टा छुट्टै जाँचेका थिए। अन्त्यमा सबैको अंकको औसत निकालेर विजेता घोषित गरिएको हो।