-NRNA NCC USA: शिव राज पौडेल आइसीसी सदस्यका उम्मेदवार

NRNA NCC USA: शिव राज पौडेल आइसीसी सदस्यका उम्मेदवार

Hollywood Khabar April 13,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनमा शिव राज पौडेल आइसीसी सदस्यका लागि उम्मेदवार भएका छन्।

रामेछाप जिल्लामा जन्मेका शिव राज पौडेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरेका हुन्। उसो त पुल्चिक क्याम्पस पढ्दा नेपाल बिधार्थी संघको एकाइ समितिको का. अध्यक्ष नै भएका थिए। यति मात्र होइन स्ववियुमा समेत उम्मेदवार भएको बताउँछन। पौडेलले आफ्नो पढाइ सकेर भवन बिभागमा रोजगारी समेत गरेको बताउँछन। भवन बिभागका विभिन्न आयोजना र परियोजनाका प्रमुख समेत भएको कुरा गर्छन पौडेल।

२०१२ मा अमेरिका पुगेका पौडेल मेरिल्याण्डमा बस्दै आएका छन्। ऐले पनि उनी आफ्नो इञ्जिनियरिङ पेशाको नै रोजगारी गर्दै आएका छन्। २०१४ मा पहिलो पटक एनसीसी अमेरिकाको सदस्य बनेका पौडेल २०१५-२०१७ कार्यकालमा एनसीसी बोर्ड सदस्य थिए। बिधान कमिटीको वर्तमान संयोजक रहेका पौडेल हाल भने आइसीसी सदस्यका लागि उम्मेदवार भएको कुरा हलिउडखबरसंग बताए।