-NRNA: एनआरएनए एनसीसी अमेरिकाको प्रवक्तामा ओम भट्टराई नियुक्त

NRNA: एनआरएनए एनसीसी अमेरिकाको प्रवक्तामा ओम भट्टराई नियुक्त

Hollywood Khabar August 11,2019 Comments

कृष्ण के सी/अमेरिका/८/१२/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको प्रवक्तामा ओम भट्टराई नियुक्त भएका छन्।

अगष्ट ११, २०१९ मा बसेको एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिको बैठकले अध्यक्ष सुनील साहद्वारा भट्टरैलाइ प्रवक्तामा नियुक्त गरेको कुरा अनुमोदन गरेको हो।

एनसीसी अमेरिकाको बिधान अनुसार प्रवक्ता अध्यक्षले आफ्नो सुविधा र सँस्थाको हितलाइ ध्यान दिएर पंजीकृत सदस्यहरुमध्येबाट गर्ने नियुक्ति हो। प्रवक्ताको नियुक्ति गरेको र नियुक्त व्यक्तिका बारे अध्यक्षले कार्यसमिति बैठकमा जानकारी गराउने र समितिले स्वागतका साथ पास गर्ने हुन्छ। सामान्यता सुझाव र विकल्पहरुको छलफल भएता पनि प्रवक्ता भनेको नितान्त अध्यक्षको अधिकार क्षेत्रमा पर्ने ब्यबस्था गरेको पद हो।

ओम भट्टराई लामो समय देखि एनआरएनए एनसीसीका पंजीकृत सदस्य हुन्। २०१३ देखि संघमा बढी सकृय भट्टराई थुप्रै पटक संघको विश्व अधिवेशनमा डेलिगेट समेत भएका छन्। भट्टराईको राजनैतिक पृष्ठभूमि भने नेपाली काँग्रेस हो। गत पाँच बर्ष पहिला भएको नेपाली जनसम्पर्क समिति अमेरिकाको अन्तिम निर्वाचनबाट केन्द्रिय सदस्य रहेका भट्टराई टेक्ससका निवासी हुन्।