-एनआरएनए एनसीसी अमेरिकाको सदस्य संख्या १५,५०३ पुग्यो, १७-२० हजार पुग्ने अनुमान

एनआरएनए एनसीसी अमेरिकाको सदस्य संख्या १५,५०३ पुग्यो, १७-२० हजार पुग्ने अनुमान

Hollywood Khabar February 14,2021 Comments

हलिउडखबर, फेब्रवरी १४, २०२१

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सदस्य संख्या १५ हजार ५ सय ३ जना पुगेको छ। सदस्य बिस्तार द्रुत गतिमा अगाडि बढेको छ। विस्तारको पछिल्लो गति अनुसार १७ हजार देखि २० हजार सम्म पुग्ने अनुमान गरिएको छ।

एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिनेको संख्या फेब्रवरी १४, २०२१ सांझ सम्ममा १५ हजार ५ सय ३ जना पुगेको छ। मेम्बरसीप भेरिफिकेशन कमिटीका संयोजक डाक्टर पन्तका अनुसार, २ हजार १ सय ९० जना आजिवन सदस्य र १३ हजार ३ सय १३ साधारण सदस्य रहेका छन।

२०२१-२०२३ कार्यकालको लागि एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिने अन्तिम मिति फेब्रवरी १५, २०२१ सम्म हो। सो अबधि सम्म बनेका सदस्य संख्या एनआरएनए एनसीसी अमेरिकाको बिधान र सदस्यताका लागि आवश्यक रिक्वायरमेन्टका आधारमा घटबढ हुनसक्ने सम्भावना रहन्छ। भेरिफिकेशन कमिटीका संयोजक डा पन्तलाई उदृत गर्दै एनआरएनए एनसीसी अमेरिकाका मिडिया कोअर्डीनेटर सतीश चापागाईंले बताउनु जानकारी दिनुभएको।