हलिउडखबर, फेब्रवरी १२, २०२१
गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सदस्य संख्या १२ हजार ९ सय ६४ जना पुगेको छ। २०२१-२०२३ कार्यकालको लागि एनआरएनए एनसीसी अमेरिकाको फेब्रवरी १२, २०२१ सांझ सम्ममा कुल सदस्य संख्या १२ हजार ९ सय ६४ पुगेको जनाइएको छ।
यसमा २ हजार ०१ जना आजिवन सदस्य र १० हजार ९ सय ६३ साधारण सदस्य रहेका छन।यो कार्यकालको लागि एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिने अन्तिम मिति फेब्रवरी १५, २०२१ सम्म हो। यो पटक सदस्य संख्या १५ हजार भन्दा धेरै हुने अनुमान गरिएको छ।