-एनआरएनए एनसीसी अमेरिका:सदस्य ११ हजार कट्यो, १५ हजार पुग्ने अनुमान

एनआरएनए एनसीसी अमेरिका:सदस्य ११ हजार कट्यो, १५ हजार पुग्ने अनुमान

Hollywood Khabar February 10,2021 Comments

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्व परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सदस्य संख्या ११ हजार १ सय ९९ पुगेको छ।

२०२१-२०२३ कार्यकालको लागि एनआरएनए एनसीसी अमेरिकाको फेब्रवरी १०, २०२१ सम्ममा कुल सदस्य संख्या ११ हजार १ सय ९९ पुगेको छ। यो संख्या फेब्रवरी १०, २०२१ साँझ ९ बजे, पूर्वीय समय सम्मको बिबरण भएको कुरा मेम्बरसीप भेरिफिकेशन कमिटीका संयोजक डाक्टर राजन पन्तले बताउनु भयो ।

डाक्टर पन्तका अनुसार, यसमा १ हजार ८ सय ८० आजिवन सदस्य र ९ हजार ३ सय १९ साधारण सदस्य रहेका छन। यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो। यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ।

यो कार्यकालको लागि एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिने अन्तिम मिति फेब्रवरी १५, २०२१ सम्म हो। यो पटक सदस्य संख्या १२ देखि १५ हजार या १७ हजार प्लस हुने अनुमान गरिएको छ। यो संख्या हाल सम्मको विश्वो सबै भन्दा ठूलो हो।