NRNA NCC USA:सान फ्रानसिस्कोमा उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया र डिबेट हुँदै

NRNA NCC USA:सान फ्रानसिस्कोमा उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया र डिबेट हुँदै

Hollywood Khabar April 04,2019 Comments

कृष्ण के सी/सान फ्रान्सिस्को/४/५/१९

समुदाय र सञ्चारकर्मीहरूको सहभागितामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१९ निर्वाचनका उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया तथा अध्यक्षका उम्मेदवारहरुसँग डिबेट कार्यक्रमको आयोजना गरिएको छ।

अमेरिकामा रहेर नेपाली पत्रकारितासंग संलग्न संचारकर्मी, पत्रकार तथा अनलाइन मिडियाहरुको संयुक्त आयोजनामा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०१९ का उम्मेदवारहरुको लागि यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ-नेजाको सहयोग, प्रोत्साहन समर्थन रहने नै छ। यति मात्र होइन कार्यक्रममा नेजाका प्रतिनिधिहरुको समेत उपस्थिति रहने छ। यस बाहेक यस क्षेत्रका संचारकर्मी, पत्रकार र स्थानिया संघ-संस्था र आम नेपाली समुदायको समते उपस्थिति रहने छ। कार्यक्रम थुप्रै मिडियाहरुबाट लाइभ हुनेछ, विश्व भरिबाट नेपालीहरुले हेर्ने छन।

उम्मेदवारहरुले आ-आफ्ना घोषित लक्ष र उद्देश्य पुरा गर्ने मार्गचित्र प्रस्टसँग समुदाय र सञ्चार कर्मीहरू समक्ष राख्न पाउन भन्नका लागि कार्यक्रमको आयोजना गरिएको हो। यो प्रस्तुति, अन्तरकृया तथा अध्यक्षका उम्मेदवारहरुसंगको डिबेट पछि उम्मेदवारहरूको दृष्टिकोण, दक्षता, क्षमता, सिप र कला जस्ता कुराहरु सबै समक्ष प्रस्ट हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ।

अध्यक्षका आकांक्षीहरुले आफू उपस्थित रहने जनाइसकेका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, महिला संयोजक, आइसीसी सदस्य देखि च्याप्टरका सबै पदका उम्मेदवारहरूको उत्साहजनक उपस्थिति रहने भएको छ।

सबै उम्मेद्वारहरुलाई आफ्नो प्रस्तुत गर्ने समय निर्धारण गरी कार्यक्रमलाई सहभागिता मूलक बनाइने छ। कार्यक्रममा क्यालिफोर्निया राज्यबाट उम्मेदवार रहेकाहरुको लागि बिशेष ब्यबस्था गरिनेछ।

अन्तमा जानकारीको लागि:

कार्यक्रमको लागि उम्मेदवारहरुले आफ्नो फ्लाइट टिकेट सान फ्रान्सिस्को इन्टरनेश्नल, सान होजे इन्टरनेश्नल या ओकल्याण्ड इन्टरनेश्नल मध्ये कुनै एक एयरपोर्टमा बुक गर्न सक्नुहुनेछ। धेरैले चाहिँ सान फ्रान्सिस्को इन्टरनेश्नलको लागि छान्दछन।

कार्यक्रम: साँझ ५ बजेबाट सुरु हुनेछ। पिउने पानीको ब्यबस्था निशुल्क रुपमा उपलब्द गराइएको छ।

कार्यक्रम: सिटी अफ हेवार्ड जसलाई हार्ट अफ द बे पनि भनिन्छ, इष्ट बे मा हुनेछ। पार्किङको कुनै समस्या छैन निशुल्क उपलब्ध छ। ६८०, ९२, ८८० र ५८० सबै फ्रिवे र हाइवेबाट पाएक पर्ने ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ।

सम्पर्कको लागि ; कृष्ण के सी- 510-206-1920

नियमित अपडेट हेर्नको लागि हलिउडखबरको तलको लाइक पेज लिंक खोलेर लाइक गर्नुहोला

https://www.facebook.com/krishnakc2017/

**********************

संबन्धित थप समाचार हेर्नको लागि:

NRNA NCC USA: उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया र डिबेट, अप्रिल २०, सान फ्रानसिस्को

https://hollywoodkhabar.com/debate-nrnausa-ap20sfo