NRNA NCC USA Official LOGO

NRNA एनसीसी अमेरिका अटर्नी जनरलको टेबलमा, चुनाव रोकिने, संस्था अनुसन्धानमा जाने संभावना

Hollywood Khabar May 10,2019 Comments

कृष्ण के सी/अमेरिका/५/८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१७ को निर्वाचनमा निष्पक्षता भएन भन्दै परेको एउटा मुद्धा स्टेट अफ टेनेसीको अदालतमा विचाराधीन नै छ।

एनआरएनए एनसीसी, अध्यक्ष डा केशब पौडेल, क्षेत्रीय संयोजक गौरी राज जोशी, २०१७ को निर्वाचन आयोग प्रमुख बंदिता दाहाल सहित निर्वाचन आयोगका सबै सदस्यलाइ विपक्षी बनाएको मुद्धा अझै पनि टेनेसी अदालतमा विचाराधीन छ।

सो मुद्दामा विपक्षी दावी गरिएका वर्तमान निर्वाचन प्रमुख विश्व बराल निर्वाचन प्रमुख हुनुहुंदैन भन्दै अर्को मोशन फाइल सोहि अदालतमा परेको छ। सो मोशन फाइलको सुनुवाई यहि १३ मे, २०१९ का दिन बिहान हुने भएको छ।

हाल आएर फेरी अर्को फाइल स्टेट अफ टेनेसीका अटर्नी जनरलको अफिसमा परेको छ। अटर्नी जनरलमा फाइल गरिएको डकुमेण्टमा सो मुद्धाको प्रति समेत सबावेस गर्दै, संघ भित्र भएको विभिन्न कन्फ्लिकट अफ इन्ट्रेस्टका थुप्रै प्रमाणहरु समेत समावेस गर्दै Non Profit Compaint Form दर्ता गरिएको हो।

मे ७, २०१९ का दिन Office of the Attorney General, Public Interest Division, टेनेसीमा दर्ता भएको सो फाइल २४ पृष्ठ लामो छ। फाइल अपिलकर्ताले इमेलबाट बाहिर वितरण नगर्ने गरि हलिउडखबरको अनुरोधमा पठाएकोमा सो फाइलको प्रति प्राप्त भएको छ। सोहि आधारमा हलिउडखबरलाइ समाचार लेख्न भने निवेदकले स्वीकृति दिएका छन्।

फाइलको समरीमा, तीन कुरालाइ दावी गरिएको छ। संस्थालाई असर पर्ने कुरा, गलत तरिकाले सदस्ता बनाएको-बेनेको र निर्वाचनलाइ प्रभाव पारेको कुरा उल्लेख गरिएको छ। सो फाइलमा, अध्यावधिक मुद्धाको समरी समेत उल्लेख गरिएको छ। यसका साथै के कति कारणले कन्फ्लिकट अफ इन्ट्रेस्ट बढेको हो, संस्थालाई के कसरी असर परेको छ, निर्वाचन कसरी प्रभावित हुन्छ भन्ने कुराहरु बुँदागत रुपमा उल्लेख गरिएको छ।

यो सबैको आधारमा यो निर्वाचन हुने कुरामा संका पैदा भएको छ। यति मात्र होइन, अटर्नी जनरलको अफिसमा परेको फाइलमाथि अटर्नी जनरलले सरकारवादी मुद्धाको रुपमा अनुसन्धान गर्ने निर्णय गरे भने यो संस्था फ्रोजन हुने संभावना रहेको छ। यस संबन्धमा कर्पोरेट अटर्नीसंग फोनगर्दा सम्पर्क सम्पर्क हुन सकेन।

अदालत र अटर्नी जनरलको टेबलमा पुगेको फाइलबारे यसै हुन्छ भन्न सकिन्न। तर पनि एउटा फैसला भने यही सोमबार आउनेछ। अटर्नी जनरल अफिसबाट त्यो पछिल्लो फाइल सोमबाराको सुनुवाइमा पठाइयो भने अदालतले चुनाव रोक्न पनि सक्छ। अथवा अन्य कुनै पनि निर्णय अदालतबाट हुनसक्छ। अब एउटा फैसला कुर्न सोमबार सम्म पर्खनु पर्ने भएको छ।