-एनआरएनए एनसीसी अमेरिकाको नवौं बार्षिक साधारण सभा अन्लाईनमा हुने

एनआरएनए एनसीसी अमेरिकाको नवौं बार्षिक साधारण सभा अन्लाईनमा हुने

Hollywood Khabar June 12,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको नवौं बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० जुलाई ४ र ५, २०२० मा हुने।

एनआरएनए एनसीसी अमेरिकाका महासचिव पशुपति पाण्डेले दिनु भएको जानकारी अनुसार नवौं बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० जुलाई ४ र ५, २०२० मा हुनेछ। कोभिड १९ को महामारी र सभा-सम्मेलन, यात्रा लगायतका कारणले गर्दा पटकको साधारण सभा अन्लाईन हुने पनि महासचिव पाण्डेले जानकारी दिनु भएको छ।

साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० लाई ब्यबस्थित बनाउन बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेलाई कन्भेनरमा मनोनयन गरिएको छ। बरिष्ठ उपाध्यक्ष तथा ९ औं बार्षिक साधारण सभाका कन्भेनर डा अर्जुन बन्जाडेले बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० को काम तदारुकताका साथ भईरहेको जानकारी दिनुभएको छ। उहाँले उदघाटन सत्रको, नलेज कन्फरेन्स सत्र र संस्थाको बिधान, नीति नियम र ब्यबहारिक पक्षको सुधारका बारेमा गरेर तिन भागमा काम भईरहेको पनि बताउनु भयो। सबै साथीहरु कन्भेन्सनलाई केन्द्रमा राखेर आ-आफ्नो ठाउंबाट सक्रिय हुनुभएको छ, उहानेल भन्नुभयो।

यो कन्भेन्सन गत डिसेम्बरमा बाल्टिमोरमा सम्पन्न साधारणसभा पछिको बैठकले निर्णय गरेको थियो। कोलोराडोमा भब्य रुपमा साधारणसभा गर्ने निर्णय गरेका थियौं। परिस्थितिले साथ नदिएकोले अन्लाईन गर्न लागेका हौँ। एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साहले जानकारी दिनुभयो। परिस्थिले हामीलाई एउटा नयाँ अवसर पनि दिएको छ, हामी सबै मिलेर भब्य साधारण सभा सभा बनाऔं, साहले सबैसंग आग्रह गर्नुभएको छ।

सतिश चापागाईं

मिडिया कोअर्टिनेटर

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

जुन १३, २०२०