-NRNA NCC USA 8th AGM July 2019

NRNA:एनअरएनए एनसीसी अमेरिकाको ८ औं साधारण सभा र नयाँ नेतृत्वको पदस्थापन

Hollywood Khabar May 27,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनअरएनए एनसीसी) को ८ औं साधारण सभा तथा नव निर्वाचित २०१९-२०२१ नेतृत्वको पदस्थापन सिकागोमा आयोजना गरिएको छ।

एनअरएनए एनसीसी अमेरिकाले जुलाई ६-७, २०१९ मा सिकागोमा आफ्नो आठौँ साधारण सभाकाको आयोजना गरेको छ। यसका साथै नव निर्वाचित नेतृत्वको सफत ग्रहण, पदस्थापन र निवर्तमानहरुलाई बिधाई समेत सोहि समयमा हुने भएको छ।

एनअरएनए एनसीसी अमेरिकाका अध्यक्ष डा केशब पौडेलले यो पटक बिधान र अन्य बिषयमा सामान्य छलफल मात्र हुन जानकारी दिएका छन्। अध्यक्ष डा पौडेलले सभा छोटो र चुस्त हुने कुरा हलिउडखबरसँगको कुराकानीमा बताए।

उक्त साधारण सभाको लागि होटल बुकिङ्ग सुरु भएको छ। Sheraton Suites Chicago O'Hare मा हुने साधारण सभाको लागि होटल बुकिंङ्ग गर्न तलको लिंक क्लिक गर्नु पर्नेछ।

https://www.marriott.com/event-reservations/reservation-link.mi?id=1556226354093&key=GRP&app=resvlink

सभामा सहभागी हुनको लागि होटल नजिकै पर्ने Chicago O’Hare International Airport (ORD) को टिकेट खरिद गर्न आयोजकहरुले सुझाव गरेका छन्। भनिए अनुसार होटल र एयरपोर्ट नजिकैको दुरीमा छन्। होटलको एयरपोर्ट शटल समेत भएको जानकारीमा उल्लेख छ। यसका साथै $110/ मा होटल रुम र ब्रेकफाष्ट दुवै उपलब्द हुने बताइएको छ।