-एनआरएनए एनसीसी अमेरिकाको सिएनसी कमिटीको दोश्रो बैठक सम्पन्न

एनआरएनए एनसीसी अमेरिकाको सिएनसी कमिटीको दोश्रो बैठक सम्पन्न

Hollywood Khabar April 20,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको Citizenship and Immigration Committee को पहिलो बैठक सम्पन्न भएको छ।

अप्रिल १५, २०२० मा सम्पन्न भएको दोस्रो बैठकले नेपाली समुदायलाइ कोरोना महामारीको असर दिनानुदिन बढिरहेकोले यसलाई गम्भीर रुपमा लिएर केहि नीतिगत सुझावहरु एनआरएनए एनसीसीलाइ दिएको छ। कमिटीकी अध्यक्ष छत्र गुरुंगले अध्यक्ष्यता गर्नु भएको बैठकमा एनआरएनए एनसीसी अमेरिकाको अधक्ष्य सुनिल साह आमन्त्रित हुनुहुन्थ्यो।

बैठकले दिएका सुझावहरु:

यो महामारीमा सहयोग गर्न स्थानीय नेपाली सस्थाहरुको नै ठुलो भूमिका हुने भएकोले एनआरएनएले स्थानीय सस्थाहरुसंगको सहकार्यमा सहयोगको कार्यक्रम लैजानु प्रभावकारी हुनेछ।

कोभिड १९ लाइ कतिपय नेपालीहरुमा अझै गम्भीर रुपले नलिएको र आफना सामान्य गतिबिधि (काम, ब्यापार) गरिरहेको अवस्था पाइएकोले सचेतनाको जरुरि रहेको देखिएको छ।

कतिपय ब्यबसाय बन्द भएका कारणले काम गर्न नपाएकोले बिद्यार्थी बर्गलाई आर्थिक कठिनाइको अवस्था छ। यिनीहरुको लागि बिशेष सहयोग कार्यक्रम ल्याउनु जरुरि छ।

भ्रमणको लागि अमेरिका आएर रहनुभएका जेष्ठनागरिकहरुलाई अनावस्यक हल्ला र गलत समाचारले मनोबैज्ञानिक असर पर्ने सम्भावना हुन्छ। उनीहरुलाई यसवाट जोगाउन पनि सचेतनाको जरुरि छ। त्यसैले यो समस्यालाइ एनआरएनए एनसीसी अमेरिकाले गम्भीर समस्याको रुपमा लिन र आवस्यकता अनुरुप जेष्ठ नागरिकहरुलाई नेपाल लैजाने व्यवस्थाको लागि पहल गर्नको लागि अनुरोध गरिएको छ।

आर्थिक कठिनाइलाइ कम गर्नको लागि विभिन्न कम्पनीले खुलाएका work from home अवसरहरुमा नेपालीहरुलाई जानकारी गराउने साथै Job Apply गर्नको लागि सल्लाह दिनु जरुरि छ।

भुवन अधिकारी

सिएनसी कमिटी सचिव

एनआरएनए एनसीसी अमेरिका

अप्रिल २०, २०२०