-एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

Hollywood Khabar April 10,2021 Comments

हलिउडखबर, अप्रिल १०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१-२०२३ का मतदाता/पंजीकृत सदस्यहरुको पहिलो नामावली प्रकाशन गरेको छ। यो पटक पहिलो लिष्टमा २० हजार १५२ जना मतदाता रहेका छन्।

  • नामावली हेर्नको लागि लिंक क्लिक गर्नुहोस: https://nrnusa.org/press/press/initial-voter-list-publication-for-the-election-te/
  • एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले यस लिष्टमा आफ्नो र अरुको कुनै करेक्शन या दावी-बिरोध भए अप्रिल १३, २०२१ साँझ ५:०० बजे पूर्वीय समय सम्म पठाई सक्न भनेको छ।
  • दावी बिरोध या करेक्शन भए हरेकको लागि एक छुट्टै फर्म भर्नु पर्नेछ।
  • दावी गर्ने व्यक्ति आफू एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य भएको हुनुपर्छ।

निर्वाचन आयोगले संघको राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको चालु बिधानको ब्यबस्था अनुरुप निर्वाचन संबन्धि कार्य तालिका यस अघि नै प्रकाशन गरेको छ।

यो लिष्ट प्रकाशनसँगै एनआरएनए एनसीसी अमेरिकाका २०१९-२०२१ कार्यकालका पंजीकृत सदस्यहरुको यो निर्वाचनमा कुनै भूमिका रहने छैन। उनीहरुको समय यो निर्वाचनको लागि समाप्त भएको छ।

*********

Dear all,

Please find the additional information regarding the voter’s list publication.

Detailed information about filing any objections or complaints is available under the Voter List Publication Notice. https://www.nrnusa.org/media/election_document/Notice-7-Voter_list_publication_for_the_election_term_2021-2023.pdf

You need to login to view the voter list and also view the election-related notices. Member’s login is the same for both the member portal and the election site.

How to get to the election site?

Direct URL for the election site is https://nrnaelection.nrnusa.org/. You can also click the Election button on the main site. https://nrnusa.org/. The election button becomes visible only after you login.

Thank you,

Biswa N. Baral

Chief Election Commissioner

संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ