-एनआरएनए एनसीसी स्पेनमा सदस्यता बिधिपूर्वक भएन, आर्थिक अपचलनको समेत आरोप

एनआरएनए एनसीसी स्पेनमा सदस्यता बिधिपूर्वक भएन, आर्थिक अपचलनको समेत आरोप

Hollywood Khabar April 16,2021 Comments

हलिउडखबर संबाददाता, स्पेन, अप्रिल १६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनमा पंजीकृत सदस्यता बिधिपूर्वक ड्राइभ गरिएन। एनआरएनए एनसीसी स्पेनले २०२१-२०२३ को लागि संघको पंजीकृत सदस्यता विधिपूर्वक बितरण नगरिएको आरोप लगाइएको छ। संघको बैठक बसेर बिधिपूर्वक नगरी लुकिछिपी गरियो भन्ने आरोप लागेको छ।

  • एनआरएनए एनसीसी स्पेनमा यो पटकको पंजीकृत सदस्यता वितरण संबन्धि सार्वजनिक सूचना नै गरिएन। बैठक बसेर निर्णय गरेर एउटा बिधि अनुसार जानुपर्ने काम नै भएन। तर हतार-हतारमा जुम गरेर काम सुरु गरियो।
  • यतिमात्र होइन बेलायतबात आइसीसी सदस्य रहेका राम शरण सिंखडा र संघका अन्तराष्ट्रिय परिषद महासचिव डा हेम राज शर्माले इन्फर्मल निर्देशन दिने र एनआरएनए एनसीसी स्पेनले त्यसै गर्ने गरेको कुरा खुल्न आएको छ। त्यसरी दिएको निर्देशनको केहि जुम भिडियो फुटेज, स्क्रिन शट र मेसेन्जरको स्क्रिनशट पनि हलिउडखबरलाइ प्राप्त भएको छ।
  • भनिएको MIS सिष्टममा दुइ फरक लिंक छन् भन्ने कुरा पनि अर्को खोजीको बिषय भएको छ। केपी ओली कम्युनिष्टहरुको लागि मात्र खुल्ने गोप्य सदस्यता वितरण लिंक आएको छ भनिन्छ। आम एनअरएनहरुको लागि भनेर पब्लिक गरिएको भनिएको लिंक चाहिं कि खुल्दैन कि अनावश्यक इन्फर्मेशन माग्दछ।
  • पंजीकृत सदस्यताका आवेदकले आवेदन दर्ता गर्दा अनिवार्य रूपमा निम्नलिखित कागजातहरू अनलाइन मार्फत अपलोड गर्नु पर्नेछ:-पासपोर्ट (MRP), पासपोर्ट साईजको फोटो, पासपोर्टको (MRP) प्रतिलिपी, NIE भएका ब्यक्तिहरुकोहकमा निजको आइडिको प्रतिलिपी, स्पेन प्रबेश गरेको २ बर्ष पुरा भएको प्रमाणित गर्ने कागजात वा एनआरएनएको पुरानो आईडी कार्डको प्रतिलिपि। तर यो सबै अपलोड गर्न भने MIS सिष्टमले दिंदैन।
  • यो भन्दा अजुवाको कुरा चाहिँ एनआरएनए एनसीसी स्पेनको वेबसाइट अप्रिल ५, २०२१ देखि डाउन छ। अब सदस्यता चाहिं गोप्य लिंकबाट वितरण गरिएको छ। त्यो लिंक आम रुपमा प्राप्त छैन भन्ने आरोप छ।
  • उसै पनि हालसम्म कति सदस्य बने या आफ्नो सदस्यता बनेको या नबनेको कुनै जानकारी नै पाउने गरिएको छैन। रिप्लाई पनि आउंदैन भन्ने स्थानियहरुको आरोप छ। जबकी एनसीसी अमेरिकाले बेला-बेलामा रिपोर्ट दिने गरेको थियो।
  • एनआरएनए एनसीसी स्पेनको Madrid LCC देखि एनआरएनए एनसीसी स्पेन कार्यसमिति सम्म थुप्रै आर्थिक अपचलन भएको भन्ने कुराको अर्को आरोप छ। बाहिर आएका कुरा त अझै गंभिर छन्। तर यस बिषयमा एनआरएनए एनसीसी स्पेन मौन छ।
  • त्यसैगरी कोभिड १९ को संक्रमणको बेला राहत वितरणको नाममा लापरबाही भएको अर्को आरोप सेलाएको नै छैन। त्यो बेला उठाइएको रकमको हिसाब-किताब सार्वजनिक गरिएको छैन। संघको वेबसाइटमा हिसाब सार्वजनिक गर्नुपर्ने कुरा किन हुँदैन भन्ने स्पेनका नेपालीहरुको माग रहेको छ।
  • संघका यस्ता कुराहरुलाई जति आवाज उठाएता पनि संघका अन्तराष्ट्रिय महासचिव डा हेम राज शर्मा, बेलायतका आइसीसी सदस्य राम शरण सिंखडा, मुक्ता गुरुङ लगायतका एक टुकडीले यसलाई ग्राण्ड डिजाइन गरेर चलाउने गरिएको छ।
  • त्यसलाई मसलाको रुपमा स्थानीय संचारको नाममा दुरुपयोग ढाकछोप गर्न बेलायत्का १ जना र युरोपका २ जना संचारको ठेक्का लिने गरेका छन्। यो समूह त्यहि हो जसले पोर्चुगलका अपराध गरेका व्यक्तिलाई पुलिसले रेड गरेको अवस्थामा पनि ढाकछोप गरेर लेखेका थिए।
  • संघका महासचिव डा हेम राज शर्माले बेलायत र युरोपमा बामपन्थी जोगाउ अभियानमा जुटेको आरोप युरोपका नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुले गरेका छन।

अन्तमा, एनआरएनए एनसीसी स्पेनका संबद्धपक्षले संघका अन्तराष्ट्रिय परिषदका कोषाध्यक्ष महेश श्रेष्ठसमक्ष आर्थिक रिपोर्ट सार्वजनिक गर्नको लागि पहल गर्न अनुरोध समेत गरेका गरेका छन्।