-एनआरएनए एनसीसी क्यानाडाका महासचिवको विघ्याप्ति प्रति एनसीसीको ध्यानार्षण

एनआरएनए एनसीसी क्यानाडाका महासचिवको विघ्याप्ति प्रति एनसीसीको ध्यानार्षण

Hollywood Khabar February 28,2021 Comments

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, क्यानडा

मिति : फेब्रुवरी २८, २०२१

प्रेस बिज्ञप्ति

फेब्रुअरी २१, २०२१ को दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाका महासचिवको पहलमा बिभिन्न संचार माध्यमहरु र सामाजिक सञ्जालहरूमा जारि गरिएको भनिएको प्रेस बिज्ञप्तिको सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको गम्भिर ध्यानाकर्षण भएको छ।

उक्त बिज्ञप्ति बोर्ड र अध्यक्षको सहमति तथा बिधान बिपरित भएको हुनाले फेब्रुअरी २३, २०२१ का दिन बसेको बोर्डको आकस्मिक बैठकको दुइ तिहाई सदस्यहरुले (२१ सदस्यहरु मध्ये उपस्थित १५ सदस्यहरुको सर्बसम्मतले) त्यो प्रेस विज्ञप्तिलाई अबैधानिक घोषणा गरेको छ।

सर्बप्रथम उक्त भ्रामक, कपोकल्पित, तथ्यहिन तथा आधारहिन बिज्ञप्तिले यहाँहरूमा पर्न गएको दुविधा, शंका, अन्योल र असुबिधाप्रति हामि क्षमायाचना गर्दछौ र भ्रममा नपर्न सबैलाई हार्दिक अनुरोध गर्दछौ ।

डिसेम्वर १९, २०२० मा सम्पन्न भएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, क्यानडाको १३औं बार्षिक साधारणसभामा छलफल भएको बिषयहरु मध्ये एउटा बिषय प्रत्यक्ष निर्वाचन प्रणाली सम्बन्धि थियो।

उक्त साधारण सभाले क्यानडा जस्तो प्रतिनिधि मूलक निर्वाचन प्रणाली भएको बिशिस्ट प्रकारको देशमा गैर नाफामूलक संस्थाको रूपमा कर्पोरेट क्यानडामा दर्ता भएको संस्था भएकोले प्रत्यक्ष निर्वाचन प्रणाली उपयुक्त छ कि छैन, उपयुक्त भए निर्वाचन प्रकृया र प्रणाली कस्तो हुने, कुन-कुन पदमा कसरी निर्बाचन गर्ने, बर्तमान निर्बाचन प्रणालिका कमि कमजोरीहरु के के छन्, कानूनी, बैधानिक र ब्यवहारिक कठिनाईँ तथा जटिलताहरू के कस्ता हुन सक्छन्, आर्थिकभार पर्ने वा नपर्ने कुराहरु देखि यसको समग्र पक्षहरूको बृहत् अध्ययन गरेर तीन महिना भित्रमा प्रतिवेदन पेश गर्ने गरि गैर आवासीय नेपाली संघ, क्यानडाका सस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय मानार्थ परिषद सदस्य नबराज गुरुङ, एनआरएनए एनसीसी क्यानडाका सल्लाहकार तथा अन्तर्राष्ट्रिय मानार्थ परिषद सदस्य चन्द्र राई र एनआरएनए एनसीसी क्यानडाका अभियान्ता केदार बस्नेत सहित ३ सदस्य (जीटिए बाहिरबाट पछि २ जना थप्ने गरि) अध्ययन कार्यदल बनाईएको छ। यो समितिले अध्ययनको शिलशिलामा यहाहरुसंग सहयोग मागेमा हजुरहरुको सहयोग रहने छ भन्ने पुर्ण बिश्वास लिएका छौ।

 

अन्त्यमा उक्त मिति देखी ब्यक्तिगतरूपमा वा संस्थागत रूपमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, क्यानडाका महासचिबका नाममा गरिएका कुनै पनि सूचना संप्रेषण लयायतका अन्य कुनैपनि गतिबिधिहरू अर्को सुचना जारि नहुदा सम्मका लागी आधिकारिक नहुने पनि जानकारि गराउन चाहान्छौ।

भवदिय,

चिरञ्जिवी घिमिरे

अध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, क्यानाडा