NRNA NCC USA 2019 President Candidates: Sunil Shaha and Surya Lamsal

NRNA:गैरआवासीय नेपाली संघ: NCC अमेरिकाको निर्वाचन, शाह र लम्साल नेक एण्ड नेक

Hollywood Khabar February 16,2019 Comments

कृष्ण के सी/अमेरिका/२/१७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाले २०१९-२०२१ कार्यकालको लागि सदस्यता दिने समय फेब्रवरी १५, २०१९ बाट बन्द गरेको छ। ८,९२२ सदस्य पुगेको प्रेस रिजिल समेत गरिएको छ। त्यसमध्ये भेरिफाई भएर आउने कति हुन् त्यो भने हेर्न बाँकी छ।

यो पछिल्लो दुइ दिनमा निर्वाचनमा उम्मेदवार हुनेहरुको लस्कर नै लागेको छ। यो पटकको निर्वाचनमा चार पक्षको लवी हुने अवस्था देखिएको छ। एउटा जनसम्पर्क समिति अर्थात नेपाली कांग्रेसका समर्थकहरुको पाटो। दोश्रो प्रवासी नेपाली मंच अर्थात नेपाल कम्यूनिष्ट पार्टीका समर्थकहरुको पाटो तेश्रो गैरआवासीय नेपालीहरुको नेटवर्क र चौथो बिबिध खाले अनि बिचौलियाहरुको पाटो।

हाल सम्म अध्यक्षका आकांक्षीहरुमा बरिष्ठ उपाध्यक्ष सुनिल शाह, प्रवक्ता बिनोद तिवारी, बोर्ड सदस्यहरु संजय थापा, डा अर्जुन बन्जाडे र पूर्व बोर्ड सदस्य सुर्य लमसाल रहेका छन्। भविष्यमा अरु कोहि अगाडी आउलान या नआउलान त्यो भने समय कुर्नु पर्ने भएको छ। तर पनि मेम्बरशिप ड्राइभका लागि परेको आधारमा देर्दा भने यी ५ जना नै अध्यक्षका आकांक्षी हुन् भन्न सकिन्छ।

हाल सम्मको सदस्यता बनेका र तिनका पछाडीको ब्याक सपोर्टको आधारमा हेर्ने हो भने यो पटकको निर्वाचनमा सुनिल शाह र सुर्य लाम्साल नै प्रमुख प्रतिस्पर्धी हुन्। त्यो भन्दा पनि ठूलो कुरा त दुवैको अवस्था कडा प्रतिस्पर्धी अर्थात नेक एण्ड नेक छ। अब सुरु हुने गठजोड र हिसाब मिलानले ल्याउने तर्फ र सपोर्टले भने यी दुइमा पल्ला भारी निर्धारण गर्नेछ।

उसो त संजय थापा, डा अर्जुन बन्जाडे र बिनोद तिवारीको दावी पनि आफूले नै जित्ने रहेको छ। तर पनि उनीहरुले भनेको दावी जोड्दा भने हाँसो उठ्दछ। शाहको दावी छ ४५०० सदस्य, लाम्सालको दावी ४७०० छ। थापाको दावी २५०० छ। डा बन्जाडेले त अविर लगाउन मात्र बाँकी निर्वाचन जितियो भनेर प्रचार गरेको भन्दै टेक्सस तिरका एकजनाले हँसाउँदै थिए। सबैको जोड हेर्दा त १३ हजार भन्दा धेरै सदस्य हुनु पर्ने हुन्छ। तर संघले जम्मा सदस्य नै ८९२२ भनेको छ।

शाह र बन्जाडे नेपाली काँग्रेससंग इतिहास जोडिएका व्यक्ति हुन् भने थापा नेपाल कम्यूनिष्ट पार्टीसंग इतिहास जोडिएका व्यक्ति हुने। त्यसैगरी तिवारी राष्ट्रिय प्रजातन्त्र पार्टीसंग जोडिएको कुरा बताइन्छ। अनि लम्साललाइ कुनै राजनीतिसँग जोडिएको छैन। सबैको दावी, उनीहरु र उनीहरुका निकटमहरुको रिपोर्ट समेतको अध्ययनका आधारमा यो भन्न सकिन्छ कि चुनाब जो जोले लडे पनि प्रमुख प्रतिस्पर्धा भने शाह र लम्सालकै हुनेछ।