NRNA NCC USA Official LOGO

NRNA:एनसीसी अमेरिकाले एमआइएसमा आनाकानी गर्दै आइसीसी इमेलको जवाफ दिएन

Hollywood Khabar February 06,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले आफ्ना सबै राष्ट्रिय समन्वय परिषदद्धारा वितरण गर्ने सदस्यतालाइ अब एउटा विण्डोबाट ल्याउने भएको छ।

एमआइएस सिष्टमबाट सदस्यता दिने नयाँ फर्म लाइभ गर्नुपूर्व आइसिसिले राष्ट्रिय समन्वय परिषद अमेरिकासँग केहि सूचनाहरु मागेको छ। त्यो सूचना १/२ घण्टामा दिन सकिने सामान्य काम हो। यसलाई उनीहरुले बेवास्ता गर्दै दिन गाल्दै छन्। एउटा इमेलको जवाफ २/३ घण्टामा दिएको भए तुरुन्तै या छिट्टै सो सिष्टम लाइभ हुने थियो।

तर वर्तमान नेतृत्व यसलाई आनाकानी गरेर केहि दिनी पछि जवाफ दिने र फेब्रवरी १५ कटाउने योजनामा छ। त्यसरी रोकेर राख्नुको पछाडि इण्टेन्शन छ भन्ने प्रष्ट नै भएको छ। जवाफ आफू दिंदैनन अनि भोलि आइसीसीले समयमा प्रोजेक्ट तयारी गरेन भन्ने बहाना मिल्ने छ।

यसलाई एनसीसी अमेरिका बोर्ड सदस्य, आइसीसी सदस्य, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय संयोजक संबद्ध सबैले यो कुरा थापाउनु जरुरी मात्र छैन सबैलाई जानकारी दिनु पनि जरुरी छ। जति सक्दो छिटो जवाफ देउ, तुरुन्तै र आजै देउ। यो एनसीसीका व्यक्तिको इच्छा होइन कर्तब्य र जिम्मेवारी हो।

अबको एमआइएसबाट बन्ने सदस्यताहरुको आइडी काठमाण्डौबाट एनसीसीलाइ पठाउने छ। एनसीसीले तपाइको ठेगानामा मेल गरेर पठाउनु पर्छ। यसको लागि महिनौ होइने सदस्यता प्राप्त भएको कन्फरमेशन पाएको महिना नबित्तै कार्ड तपाइको घरको मेलमा आउनुपर्छ।

ICC को सिष्टमबाट जम्मा दुइ थरि मात्र सदस्य हुनेछन। साधारण र एशोसियट। साधारण सदस्यता दुइबर्षको लागि हुने छ अनि त्यसपछि रि-न्यू गर्नुपर्छ। अनि एशोसियट मेम्बरलाइ भने भोटिङ राइट हुने छैन। प्राय अन्तराष्ट्रिय स्तरका बिधार्थीहरु यसमा पर्नेछन।

यो प्रक्रिया झन् भरपर्दो मात्र होइन ICC ले स्वामित्व लिएको हुनेछ। यसबाट अमेरिकामा जस्तो मन परेकालाइ दिने न परेकालाई नदिने, रोकेर राख्ने जस्तो गर्न मिल्दैन। अन्यथा सदस्यताका सबै प्रमाण पठाउँदा पनि रोकेर राख्ने, लाइफ टाइम सदस्यतालाइ समेत आफूलाई भोट नदिएकोले खारेज गर्ने धम्कि लेख्ने कुराहरु दुरुत्साहि हुन्छन।

त्यो अवस्थामा आफ्नो प्रमाण ICC मा गुनासो सहति पठाउँदा तपाइको सदस्यताले माथि माथिल्ल्लो तहबाट निर्णय पनि हुन सक्छ। सदस्यताको जिम्मेवारी र स्वामित्व अब NRNA ले आफैं लिनेछ। त्यो अर्थमा एनसीसी त एउटा कन्ट्री अफिस मात्र हो।