-एनआरएनए एनसीसी अमेरिकाको सदस्यता छानबिन कमिटीको सुचना

एनआरएनए एनसीसी अमेरिकाको सदस्यता छानबिन कमिटीको सुचना

Hollywood Khabar December 15,2020 Comments

आदरणीय अमेरिकाबासी आमाबुवा, दिदिबहिनी तथा दाजुभाइहरु, नमस्कार ।

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिकामा देखिएका चुनाव सम्बन्धी बिबादहरु र यसले जनसमुदायमा पारेका भ्रम तथा असरलाई हटाइ आगामी दिनमा बिबादरहित बनाउन गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद कटिबद्द रहेको कुरा यहाँहरुमा अबगत गराउन चाहन्छु।

यसै सन्दर्भमा अमेरिकाको २०१९ निर्वाचनमा प्रमाणित नभएका भनिएका २०९३ सदस्यहरुलाई समेत समाबेश गरि निर्बाचन गरिएको भन्ने बिषयमा तत्कालिन अन्तराष्ट्रीय समन्वय परिषदले बैठक गरि चुनाब पछि छानबिन गर्ने भनि निर्णय गरेको र हालै मेरो नेतृत्वमा छानबिन समिती गठन गरेको व्यहोरा यहाँहरु समक्ष राख्दै र सो समितिले अहिले तत्कालीन आधिकारिक तथा सम्बन्धित ब्यक्तीहरु सँग पत्रचार तथा बिमर्श गरीरहेको पनि जानकारी गराउन चाहन्छु।

यसै छानबिनको सन्दर्भमा गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको २०१९ चुनाबमा तपाईं सदस्य बन्दै वा नबिकरण गर्दै गर्दा वा सदस्यता प्रमाणीकरण लगायत चुनाबको क्रममा कुनै समस्या भएको भए अथवा बिबादित २०९३ सदस्यको बारेमा कुनै सुचना भएमा तथ्य र प्रमाण सहित मलाइ वा हाम्रो कमिटीलाई डिसेम्बर २०, २०२० आइतबार बेलुकी ११:५९ सम्म इमेलबाट जानकारी गराउनु हुन हार्दिक अर्नुरोध गर्दछु।

जानकारी पठाउने इमेल: rcamericas@nrna.org

 

धन्यवाद ।

राजन त्रिपाठी

क्षेत्रीय संयोजक, अमेरिकाज क्षेत्र

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद

संयोजक, २०९३ सदस्यता छानबिन कमिटी

इमेल: rcamericas@nrna.org

 

सदस्यता छानबिन कमिटीका सदस्यहरु :

१) कृष्ण लामिछाने

२) प्रकाश सापकोटा

३) शिबहरी नेपाल

४) नबराज रोस्यारा