-एनआरएनए एनसीसी अमेरिकाद्धारा सङ्कटमा परेका महिलाहरूको लागी हटलाइन सेवा सुरु

एनआरएनए एनसीसी अमेरिकाद्धारा सङ्कटमा परेका महिलाहरूको लागी हटलाइन सेवा सुरु

Hollywood Khabar June 11,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले सङ्कटमा परेका अमेरिका बासी आम नेपाली महिलाहरूको लागी हटलाइन सेवा सुरु गरेको छ।

कुनै पनि आपतकालिन सेवा र परामर्श तथा घरेलु हिंसा एवम उद्दारका लागी अब २४ घण्टा नै खुल्ला रहने गरेर ८४४ ६७६ २८७२ टेलिफोन नम्बर बाट सेवा सुचारु गरेको हो। साथै निश्चित कानुनी उपचार, र तत्काल राहत एवम अन्य सेवाको लागी पीडितलाई सम्बन्धित निकाय सम्म पु¥याउने र केही निःशुल्क परामर्श र कानुनी प्रावधानका लागि पहल समेत गरिने जानकारी एनआरएनए एनसीसी अमेरिकाकी महिला सँयोजक दिक्षा बस्नेतले दिनुभएको छ।

फोन गर्ने प्रक्रियामा माथि उल्लेखित नम्बर डायल गरेपछि प्राप्त निर्देशन अनुसार महिलाका मुद्दा र परामर्शका लागी एक्सटेन्सन ७०० मा थिच्नु पर्ने हुन्छ। महिलाहरुको समस्या र समाधानका लागी संस्थाको तर्फबाट भरपुर पहल गर्ने प्रतिबद्धताका साथ यो सेवा सुरु गरिएको एनआरएनए एनसिसि युएसएले जनाएको छ। प्रवासमा कोही पनि नेपाली महिला अन्याय अत्याचार, दुरब्यबहार र हिंसाको शिकार नबनुन् भन्ने उद्देश्यले हेल्पडेस्क मार्फत विशेष पहल गर्दै समस्या समाधान गरिने छ।

विशेष गरी कोभिड १९ र लामो समयको लकडाउनले महिलाहरूमा झनै हिंसा बढेको र धेरैमा उदासीन पैदा भएको महशुस भएर नै हिसाँ मुक्त गराउन पहलका लागि गैर आवासीय नेपाली सङ्घ वोमन पार्टिसिपेसन एण्ड ईम्पावरमेन्ट कमिटिले यो कदम चलाएको महिला सँयोजक बस्नेतले बताउनुभयो। यस हटलाईन मार्फत सम्पर्कमा आउने महिलाहरुको व्यक्तिगत जानकारी बाहिर नल्याईकन समस्या समाधान गर्न पहल गरीने छ।

एनआरएनए एनसीसी अमेरिकाको व्यवस्थापन र वोमन पार्टिसिपेसन एण्ड ईम्पावरमेन्ट कमिटिको यस प्रयासले धेरै महिलाहरुले आफ्नो समस्या बिना कुनै झन्झट राख्नु हुनेछ भन्नेमा सँघ बिस्वस्त रहेको छ। अमेरिकामा बिशेष गरेर बिधार्थीहरु बिभिन्न कारण दुरव्यवहार र हिँसाको शिकार बन्नु पुगेका छन् भने उनिहरुले अव उनिहरुले राहत महशुस गर्ने छन्।

सरु शर्मा

उपसंयोजक मिडिया एण्ड पब्लिकेशन कमिटी तथा विस्कन्सिन राज्य च्पाप्टर सदस्य

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

मे १२, २०२०