-एनआरएनए एनसीसी सेसेल्सद्वारा सेसेल्स सरकारको कोरना राहतकोषमा सहयोग हस्तान्तरण

एनआरएनए एनसीसी सेसेल्सद्वारा सेसेल्स सरकारको कोरना राहतकोषमा सहयोग हस्तान्तरण

Hollywood Khabar February 24,2021 Comments

हलिउडखबर, सेसेल्स, फेब्रवरी २५, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) सेसेल्सद्वारा सेसेल्स सरकारको कोरना राहतकोषमा सहयोग हस्तान्तरण गरिएको छ।

अफ्रिकी मुलुक सेसेल्सको सरकारद्वारा सुरु गरिएको कोरना राहत कोषलाई एनआरएनए एनसीसी सेसेल्सले सेसेल्सका स्वास्थ्यमन्त्री पेग्गी भिगेडको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेको छ। सेसेल्सको तर्फबाट स्वास्थ्य बिभागकी उपनिर्देशक क्याथलिन सेसीललाई सेसेल्स रुपैया ४०,००० (नेरु दुई लाख चालीस हजार) बराबरको चेक सहयोग एक बिशेष समारोहमा एनआरएनए एनसीसीका तर्फबाट अध्यक्ष रामप्रसाद पन्त, मनोज बिक र रोजमेरी राईले हस्तान्तरण गर्नुभएको हो।

पुर्वी अफ्रिका स्थित सयौ टापुहरुको सुन्दर देश सेसेल्सका पर्यटन उधोगकका विभिन्न क्षेत्रमा नेपालीहरु कार्यरत छन। कर्म दिने देशलाई नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफुहरु खुशी भएको कुरा अध्यक्ष पन्तले जानकारी दिनुभयो। कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट सेसेल्समा रहेको नेपाली समुदायलाई आभार ब्यक्त गरिएको छ।