-NRNA NCC Norway Official LOGO

NRNA:गैरआवासीय नेपाली संघ रासप नर्वेको साधारण सभा रोकिंदा जनसम्पर्कको बक्तब्य

Hollywood Khabar June 08,2019 Comments

कृष्ण के सी/अमेरिका/६/९/२०१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) नर्वेको छैंठौं राष्ट्रिय महाधिवेशन स्थगित गरिएको सूचना प्राप्त भएको छ।

परिषदले जुन ४, २०१९ मा जारि गरेको सूचनामा ८ जुन, २०१९ मा हुनुपर्ने अधिवेशन र नयाँ कार्यसमितिको चयनको रोकिएको जनाएको छ। आपसी विवादलाइ लिएर भएको मुटाव समाधान हुन नसक्दा आधिवेशन रोक्नु परेको कुरा सूचनामा जनाइएको छ।

उत्पन्न विवादलाइ समाधान गर्न सो क्षेत्रका क्षेत्रीय संयोजक शिव कुमार बरुवाललाइ गरिएको अनुरोध, बरुवालको पत्र, संघका अन्तराष्ट्रिय परिषद महासचिव डा बद्रि के सीको रोहबरमा नर्वेका आइसीसी सदस्य समेतको बैठकले सो निर्णय गरेको कुरा सूचनामा उल्लेख गरिएको छ।

नर्वेको छैठौ अधिवेशन कहिले हुने भन्ने सूचना आएको छैन। तर सो बिषयलाई लिएर नेपाली काँग्रेसको भात्री सँस्था नेपाली जनसम्पर्क समिति नर्वेले भने आपसी मुटावका कारण रोकिएको अधिवेशन छिट्टै गर्न अनुरोध गरेको छ।

समितिले उत्पन्न समस्यामा नेपाली जनसम्पर्क समिति नर्वेको पनि हात रहेकोले क्षमा माग्दै मिलेर अधिवेशनमा जनाको लागि आफूहरुले सघाउने कुरा जनाएको छ।

एनआरएनए एनसीसी नर्वेको सूचना:

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, नर्वेको छैंठौं राष्ट्रिय महाधिवेशन स्थगित गरिएको सूचना।

राष्ट्रिय महाधिवेशनको महत्वपूर्ण पक्ष निर्वाचन प्रक्रियालाई लिएर उठेको आलोचना, बिरोध र असन्तुष्टीहरुलाई सम्बोधन गर्दै छलफल र समस्या समाधानको लागि धेरै प्रयास गरिए पनि सफलता मिलेको थिएन।

मेलमिलाप नगरि असहज वातावरणमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न सम्भव नभएपछि अन्तमा समस्या समाधानको लागि हामीले क्षेत्रीय संयोजकज्यूको सहयोग र सल्लाह अनि पहलमा अनलाईन मिटिंग गरेका थियौं।

अन्तरराष्ट्रिय समन्वय परिषदका महासचिव डा बद्री के सीज्यूको रोहवरमा क्षेत्रीय संयोजक, आइसीसी सदश्य, एनसिसि अध्यक्ष र एनसिसि महासचिव अनलाईन मिटिंग बसेर बर्तमान समस्या समाधानको लागि अन्तरराष्ट्रिय समन्वय परिषदको निर्देशन प्रति सहमति गर्दै प्राप्त भएको क्षेत्रीय संयोजक शिव कुमार बरुवालज्यूको लिखित निर्देशनको जानकारी हामीले केहि दिन अघि दिएका थियौं।

मिति २०१९ जुन ३ सोमबारका दिन अन्तरराष्ट्रिय समन्वय परिषद, यूरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवालज्यूको लिखित निर्देशन र बर्तमान परिस्थितिमा राष्ट्रिय महाधिवेशन बारेमा परिषद्को कार्यालयमा कार्यसमिति, निर्वाचन समिति र आइसीसी सदश्य सहितको बैठक सम्पन्न भयो।

क्षेत्रीय संयोजक शिव कुमार बरुवालज्यूले पनि टेलिफोनबाट बैठकमा सहभागी सबैलाई अझै पनि मेलमिलाप र सहमति गरेर जानु भयो भने,फेरी पनि त्यहि नै सर्बोत्तम हुने भन्ने सल्लाह दिनु भएको थियो। पछी बैठकमा वहाँको सल्लाह सुझावलाई मनन गर्दै राष्ट्रिय समन्वय समिति नर्वे अन्तर्गतका कार्यसमितिन निर्वाचन समिति र सबै सरोकार पक्ष बसेर समस्या समाधानको लागि पून: प्रयासहरु गर्ने सहमति सहित राष्ट्रिय महाधिवेशनको मिति अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरियो।

तसर्थ बर्तमान परिस्थितिमा निर्वाचन सम्पन्न गर्न असम्भव र अधिबेशनको लागि आवश्यक तयारी नपुगेको निष्कर्ष सहित मिति २०१९ जुन ८ मा हुने भनिएको राष्ट्रिय समन्वय परिषद, नर्वेको छैठौ राष्ट्रिय महाधिवेशन स्थगित गरिएको सूचना जारी गरिएको छ।

राष्ट्रिय समन्वय परिषद छलफलहरु सहित समस्याहरुको समाधान गर्न सबैसंग मेलमिलाप, सहमति र सहकार्यकोलागि बिनम्र अनुरोध गर्दछौं।

नेपाली जनसम्पर्क समिति नर्वेको सूचना हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://documentcloud.adobe.com/link/track?uri=urn%3Aaaid%3Ascds%3AUS%3A016d01ab-3e0d-40c1-869d-2954e8af03f9