-एनआरएनए एनसीसी अमेरिकाको सदस्यता १०,४८५ पुग्यो १२ देखि १५ हजार पुग्ने अनुमान

एनआरएनए एनसीसी अमेरिकाको सदस्यता १०,४८५ पुग्यो १२ देखि १५ हजार पुग्ने अनुमान

Hollywood Khabar February 09,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी ९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि सदस्यता विस्तार द्रुत गरिमा बढेको छ। फेब्रवरी ९, २०२१ मंगलबार सम्म १० हजार ४ सय ८५ सदस्य संख्या पुगेको छ।

एनआरएनए एनसीसी अमेरिका मेम्बरसीप भेरिफिकेशन कमिटीका संयोजक डाक्टर राजन पन्तलाइ उदृत गर्दै एनआरएनए एनसीसी अमेरिकाका संचार संयोजक सतिश चापागाइंबाट सो बाट जानकारी पाइएको हो। रिपोर्ट अनुसार १ हजार ८ सय ४७ आजिवन सदस्य र ८ हजार ६ सय ३८ साधारण सदस्य रहेका छन।

आवश्यक डकुमेन्ट पुरै नभएका कारण केही निवेदन भने पेण्डिङ्गमा रहेको समेत बताइएको छ भने यो २०२१-२०२३ कार्यकालको लागि सदस्य बन्ने म्याद फेब्रवरी १५, २०२१ सम्म हो। त्यसपछि बनेका सदस्यहरु २०२३-२०२५ कार्यकालको लागि हुनेछन।