-एनआरएनए एनसिसी अमेरिका:सदस्यता लिने-नवीकरण गर्ने गतिसँगै निश्चित नभएको MIS

एनआरएनए एनसिसी अमेरिका:सदस्यता लिने-नवीकरण गर्ने गतिसँगै निश्चित नभएको MIS

Hollywood Khabar December 12,2020 Comments

कृष्ण के सी, अमेरिका, १२/१३/२०

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (एनआरएनए एनसिसी) अमेरिकाले २०२१-२०२३ कार्यकालको लागि सदस्यता लिने, नविकरण गर्ने काममा गति बढाएको छ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषद (एनआरएनए आइसीसी) को SMART NRNA Project अन्तर्गत Membership Information System (MIS) लाई मानेर सदस्यता लिने-दिने भन्ने संघको योजना एनआरएनए एनसिसी अमेरिकाले तत्काल होल्डमा राखेको छ। आफ्नै सिष्टम अनुसार नै सदस्यता वितरण, नवीकरण र अध्यावधिक गर्न थालेको छ।

यसबारे संघका अध्यक्ष सुनील साह र पदाधिकारीहरुको भनाइ संघको अन्तराष्ट्रिय परिषदको भन्दा फरक छ। अध्यक्ष साहको भनाइमा एनसीसी MIS को बिरोध र विपक्षमा गएको होइन। तर अन्तिम संयमा आएर गर्दा कठिन हुने कुरा मात्र हो। यस बाहेक डाटा सुरक्षा नीति, अमेरिकी कानुन अनुसार जिम्मेवार को हुने भन्ने जवाफ छैन। डाटा लिकेज भएमा, कुनै सदस्यले इमेल या फोन काल आयो, स्क्याम आयो अथवा उसको व्यक्तिगत सूचना सुरक्षा संबन्धि नीतिमा कुनै सदस्यले मुद्दा गरेको अवस्थामा जवाफ देहि को हुने त्यो कुरा आइसीसीले लिखित रुपमा दिनुपर्छ। तत्काल MIS जान सकिन्न भन्ने होइन ल्याण्ड अफ द ल अनुसार भएर आउनु पर्यो भन्ने मात्र कुरा हो, अध्यक्ष साहले भन्नुभयो।

एनसीसी अमेरिकाकाअन्य पधाधिकारीहरुको भनाइ MIS को बिरोधमा होइन केहि डाटा पोलिसी र प्राबिधिक कुरामा मात्र प्रशन रहेको हो। सबैको निचोड चाहिं यस्तो रहन गयो:

१. MIS मा तत्काल जान नसकिने पहिलो कारण एनआरएनए आइसिसीले सदस्यता निशुल्क या सशुल्कको फाइनल गरेको छैन।

२. MIS लाइ कार्यान्वयन गरेर निशुल्क सदस्या वितरण गर्दा त्यो कुरा बिशेष महाधिवेशनबाट पास भएन भने पर्न आउने आर्थिक भार कसले लिने भन्ने धराप अगाडि आएको छ।

३. निशुल्क बनेका सदस्यहरुलाइ फेरी पैसा तिर भन्न पनि कठिन मात्र होइन असंभव नै हुन्छ।

४. यदि बिशेष महाधिवेशनबाट निशुल्क सदस्यता पास भयो, नेपाल सरकारको मन्त्रालयबाट पनि पास भएर आयो भने, पैसा तिरेर बनेका सदस्यताको शुल्क फिर्ता गर्नु पर्ने अमेरिकी कन्जुमर रिटर्न एक्ट/पोलिसीले समाउँछ।

५. एकातिर MIS को फाइनल नहुने उता एनसीसी अमेरिकाको बिधान अनुसार फेब्रवरीको १५ भित्रमा आगामी कार्यकालको लागि सदस्यता लिएको हुनुपर्ने ब्यबस्था छ। यसलाई परिवर्तन गर्न संघको अन्तराष्ट्रिय परिषदको बिशेष महाधिवेशनकै टुंगो लागेको छैन। अब त्यो महाधिवेशन भएर नयाँ नीति बनेर, बिधान परिमार्जन भएर नेपाल सरकारको मन्त्रालयबाट स्वीकृति भएर आउने समय सम्म त एनसीसी अमेरिकाको निर्वाचन भएर नयाँ नेतृत्व नै आइसक्छ। विरोघ गरेको होइन आइसीसीले यो कुराको जवाफ दिनुपर्छ।

६. त्यसैले संघको पछि परवर्तन हुने नीतिलाई पछि नै एडजष्ट गर्ने गरि तत्काल आफ्नै भएको सिष्टमलाइ निरन्तरता दिएको कुरा एनसीसी अमेरिकाका अध्यक्ष सुनील साह लगायतको रहेको छ।

७. अर्कोतिर संघको गत चुनावको बेला विवादित भनिएको २०९३ सदस्यता छानविन गर्न बनेको क्षेत्रीय संयोजक राजन त्रिपाठीको कमिटीले पनि काम गर्दै गरेको छ। त्यो रिपोर्ट कस्तो आउने हो हेर्न बाँकी नै रहेको छ।

८. यी सबैबीच पनि संघलाइ अगाडि बधाउन सदस्यता वितरण निरन्तर गर्नुपर्ने कुरा एनसीसी अमेरिकाको रहेको छ।

९, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाले सदस्यता संबन्धि दिएको सूचनामा साधारण सदस्यता शुल्क $२० र आजीवन सदस्यता $१५० रहेको छ।

बाँकी संघको सूचनाबाट: New Member Registration

१. https://www.nrnusa.org/ जानुहोस।

२. Member Registration थिच्नुहोस । https://www.nrnusa.org/user/signup/

३. ४ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नुहोस।

४. Submit थिच्नुहोस ।

५. Form भर्नु होस अनि फोटो अपलोड गरि सकेपछि Next थिच्नुहोस

६. ६ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नु होस

७. उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस र उपयुक्त फोटो आईडी Upload गर्नुहोस

८. Next थिच्नुहोस

९. Review गरी सके पछि Submit थिच्नुहोस

१०. इमेलमा आएको Activation Link क्लिक गर्नुहोस

११. फोनको टेक्स्ट मेसेजमा आएको OTP नम्बर भरेर Submit थिच्नुहोस

१२. Account मा लगइन गर्नुहोस

१३. पैसा तिर्नको लागि Payment थिच्नुहोस .

१४. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस

१५. सदस्य बन्ने प्रकृया पुरा भयो

१६. Membership Verification पछि Accept अथवा Reject इमेल आउनेछ

नोट: यदि तपाईको इमेलमा लिंक आएन भने, Spam Folder अथवा Blocked List चेक गर्नुहोस

General Member Renewal or Upgrade to a Lifetime Member

१. लगइनको लागी https://www.nrnusa.org/membership/login/ जानुहोस

२. पास वार्ड रिसेट लागी Forgot Password थिच्नुहोस

३. Renew Membership Term अथवा Update to LifeTime थिच्नुहोस

४. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस

General Member: $20

LifeTime Member: $150

५. Renewal अथवा Upgrade प्रकृया पुरा भयो

**Non-Resident Nepali Association, America