NRNA NCC France LOGO

NRNA:एनआरएनए एनसीसी फ्रान्सद्धारा पाल्पाको बिधालयलाइ सहयोग

Hollywood Khabar March 07,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) फ्रान्सले पाल्पाको नारायणी माध्यमिक बिधालयलाइ आर्थिक सहयोग गरेको छ।

एनसीसी फ्रान्सले प्रत्येक बर्ष कम्तिमा एउटा सामाजिक परोपकारी परियोजना गर्ने योजना गरेको छ। सोहि अनुरुप यसबर्ष पाल्पाको रिब्दीकोट गाउँपालिका स्थित नारायणी माध्यमिक बिधालयमा सहयोग गरेको हो।

परिषदले सो बिधालयको कक्षा ११ र १२ थप गर्नको लागि ४,१७,०५६ रुपैयाँ आर्थिक सहयोग गरेको छ। फ्रान्सबाट २४ डिसेम्बर २०१८ मा एनआरएनए केन्द्रमा रकम पठाएको थियो। केन्द्रले उक्त रकम सो बिधालयलाइ १७ फेब्रवरीमा हस्तान्तरण गरिएको थियो।

नारायणी माध्यमिक बिधालयलाइ सहयोग गर्न एनआरएनए एनसीसी फ्रान्स र संस्थाका सल्लहाकार तथा भुपु आइसीसी सदस्यको सहकार्यमा सहयोग रकम जम्मा गरि पठाइएको हो।

एनआरएनए एनसीसी फ्रान्सले हरेक बर्ष परोपकारी परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा सुधार गर्न नेपालका बिकट ठाउँहरुमा सहयोग गर्दै आएको छ।
एनआरएनए एनसीसी फ्रान्स नारायणी माध्यमिक बिधालयलाइका बिधार्थी एवं प्राध्यापकहरुलाइ हार्दिक शुभकामना दिदैं बिधालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछ। साथै संस्थाको परोपकारी कोष आपतकालीन कोषको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ एनआरएनए फ्रान्स हार्दिक धन्यवाद व्यक्त गर्दछ।
प्रवक्ता
प्रकाश सापकोटा
एनआरएनए एनसीसी फ्रान्स परिवार