-एनआरएनए एनसीसी क्यानडा अब प्रत्यक्ष निर्वाचनमा जाने, विज्ञप्ति

एनआरएनए एनसीसी क्यानडा अब प्रत्यक्ष निर्वाचनमा जाने, विज्ञप्ति

Hollywood Khabar March 03,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) क्यानडा ससर्त प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने तयारीमा जुटेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीको विषयमा अध्ययन गर्न ५ सदस्यीय समिति बनाई प्रतिवेदन तयार पार्ने र प्रत्येक प्रोभिन्स वा सिटीबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरुले स्थानिय स्तरमामा समुदायबीच अन्र्तक्रिया गरि उनीहरुका राय संकलन गर्ने प्रावधान सहित बोर्ड बैठकले सो निर्णय गरेको हो।

प्रत्यक्ष निर्वाचन प्रणालीको विषयमा डिसेम्वरमा सम्मन्न १३ औ राष्ट्रिय अधिवेश अगाडि देखिनै बोर्ड सदस्यहरुबीच व्यापक छलफल र अन्तरिक्रिया हुदै आएको थियो। पटक पटकको छलफल पछि गत साता सम्पन्न बोर्डको १२ औ बैठकले प्रत्यक्ष (खुला) निर्वाचन प्रणालीमा जाने निर्णय गरेको हो । सो समितिलाई अध्ययन प्रतिवदेन बनाउन ४५ दिनको समय अवधि तय गरिएको। दुवै माध्यमबाट आएका निष्कर्ष अनुसार यसको मोडालिटी बनाइने बोर्डको निर्णयमा उल्लेख छ।

त्यसै गरि बोर्डले अध्ययन समितिको संयोजनमा अनररी काउन्सील मेम्वर चन्द्र राईलाई चयन गरेको छ भने सस्थापक अध्यक्ष नवराज गुरुंग, र आजिवन सदस्य केदार बस्नेतलाई सदस्यमा राखिएका छ । बाकी दुई जनालाई भने चाडै छलफल गरि नियुक्ति गरिने भएको छ।

सस्थाका अध्यक्ष चिरनजिवी घिमिरेको अध्यक्षता बसेको १२ औ बैठकले १३ औ राष्ट्रिय अधिवेशन सफल पार्न सहयोग गर्नुहुने सबैलाई विषेश धन्यवाद दिएको थियो। एनआरएनए सचिव गौरीराज जोशीको विषेश उपस्थिति रहेको सो बैठकले एनआरएनए क्यानडाको सदस्यता फेब्रुरीको तेश्रो सातामा खुला गर्ने निर्णय पनि गरेको छ । सदस्यता वितरणको प्रक्रिया र दायरा ठूलो बनाइने र कम्तिमा ८ हजार सदस्यता बनाउने अभियान चलाउने बोर्डको कार्यक्रम रहने छ। सो अवसरमा सचिव जोशीले एमआइएस सिस्टमको वारेमा जानकारी दिदै एनसीसी क्यानडाले गरेका विभिन्न कार्यक्रम प्रसंसा गर्नु भएको गर्नु थियो।

साथै सो बैठकले धनगढिमा रक्त संकलन र वितरणको लागि आवश्यक एक बस खरिद गर्न र कोभिड १९ भ्याक्सीन बोक्ने प्राविधिक अर्को बस खरिदका निम्ति रकम संकलन गर्न बैक खाता खोल्न सहयोग गर्ने सहमति गरेको छ। बैठकमा पुर्व अध्यक्ष तथा आइसीसी प्रतिनिधि गोपि कृष्ण काप्mले, अनररी काउन्सील मेम्वर चन्द्र राई र अभिमन्यु बस्नेतको समेत उपस्थिति रहेको थियो।

त्यसैगरी गत डिसेम्वरमा १९ सम्पन्न १३ औ राष्ट्रिय अधिवेशनले विधान संसोधनका लागि निम्न बुदाहरु थप गरि परिमार्जन गर्ने निर्णय गरेको छ ।

  • १, राष्ट्रिय परिषद्को कार्य समितिको सदस्यता सख्या २१ सम्म पुर्याउन सकिने ।
  • २, बोर्डमा सभापतिको व्यवस्था गरिने
  • ३, एक महिला उपाध्यक्षको व्यवस्था गरिने
  • ४, युवा तथा महिला संयोजकलाई निर्वाचन प्रणालिबाट आउन प्रोत्साहन गरिने
  • ५, सस्थाको सदस्यता लिएका सबै पंजिकृत सदस्याहरुको भोटिंग अधिकार सुनिश्चि गरिने
  • ६, विषेश परिस्थितिमा अनलाइन भोटिंगको व्यवस्था गरिने
  • ७, वेस्र्टन, इस्र्टन, र सेन्टर रिजनमा एक एक वटा हेल्प डेस्क स्थपनाको व्यवस्था गरि प्रत्येक डेस्कले बढिमा १० वटा उपसमिति बनाउन सकिने छ । र, प्रत्येक हेल्प डेस्क संयोजकलाई बोर्ड सदस्यमा चयन गर्न सकिने
  • ८, एनआरएनए क्यानडाबाट नियमित रुपमा संचालनमा रहेको प्रन्टलाइन टिभी सो लाई प्रभावकारी रुपमा निरन्तरता दिइने
  • ९, एनआरएनए क्यानडाले संचालन गरेको टोल फ्रि नम्वरलाई १ ८०० ९२७ ९०२६ लाई अझ प्रभावकारी बनाइने ।
  • १०, बोर्ड सदस्यता निर्धारणका लागि प्रोभिन्सबाट ६० पंजिकृत सदस्य बराबार एक प्रतिनिधि, सिटीमा एक सय सदस्यता बराबर एक प्रतिनिधि, तीन सय सदस्यता बाराबर २ प्रतिनिधि, र नौ सय सदस्यता भएमा ३ जना प्रतिनिधि निर्धारण गर्न सकिने थ्रेसोल्ड कायम गरिएको छ ।
  • ११, बोर्ड सदस्यका लागि राजधानी ओटवा सिटीलाई विशेष महत्व दिइने
  • १२, विधानमा देखिएका केहि भाषागत तृटिलाई संसोधन गरिने
  • १३, एनआरएनए क्यानडाको संयोजनमा रहेको कोभिड १९ अपतकालीन कोषमा विषेश योगदान पुर्याउनलाई विषेश सम्मान प्रदान गरिने ।
  • १४, बोर्ड सदस्य चयन हुने प्रक्रिया अनुरुपनै आइसीसी प्रतिनिधिहरु पनि चयन गरिने लगायतका रहेका छन् ।

टोरोन्टो घोषणा पत्रको विस्तृत सामग्री एनआरएनए क्यानडाको वेभसाइटमा पनि राखिएको छ।

भवदिय

दिनेश खतिवडा

प्रवक्ता

पिताम्वर भट्टराई

महासचिव

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानडा

मितिः फेववरी २०, २०२१