-एनआरएनए एनसीसी क्यानाडाको बिधान संसोधन संबन्धि सूचना

एनआरएनए एनसीसी क्यानाडाको बिधान संसोधन संबन्धि सूचना

Hollywood Khabar November 22,2020 Comments

गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको बिधान संशोधन सुझाव समितिले सम्पूर्ण आजिबन तथा साधारण सदस्यहरु, सामाजिक अभियान्ता, पत्रकार लगायत सम्पूर्ण गैरआवसीय नेपालीहरुसंग बिधान संशोधनका लागि सुझाब पठाउनु हुन् अनुरोध गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राट्रिय समन्वय परिषदले बिधान संशोधनको लागि एनसीसी सस्थागत धारणा पेश गर्नको लागि पत्राचार गरेकोले सुझाब पठाएर सहयोग गर्न सम्पूर्णमा अनुरोध गरिएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राट्रिय समन्वय परिषदले अनलाइन मार्फत बिशेष अधिवेशनको आयोजना गर्ने तयारी समेत गरेको र संघको विधानका मूलभूत विषयहरुमा संशोधनका निम्ति प्रस्ताव गर्ने गरी संघको वर्तमान नेतृत्व क्रियाशिल र विधान संशोधन सुझाव समिति तदनुरुप कार्यरत रहेको जनाएको छ।

विधानमा संशोधनका खाका प्रस्तुत भए पनि छलफलका निम्ति प्रयाप्त समय र उपयुक्त वातावरण नबनेकाले संशोधनका काम थाति रहेकाले विधान संशोधन प्रमुख एजेन्डा सहित विशेष अधिवेशन हुन गैरहेकाले विधानको अध्ययन १५ दिन भित्रमा बिधान संशोधन सुझाब समितिको इमेल info@nrnacanada.org मा सुझाब दिनु हुन् सम्पुर्णमा आग्रह गरेको गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले आगमनखबर डटकमलाई जानकारी दिनुभयो ।

यस्ता छन् छलफल र सुझाब संकलन गरिने बुँदाहरु :

१.संस्थाको रुपान्तरणको लागि निशुल्क सदस्यता तथा महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसनको ब्यबस्था र आइसिसि सदस्य संख्यको निर्धारण र चयन प्रकृया

२. अनलाइन मतदान ( निर्बाचन कार्यबिधी)

३.अन्तर्राष्ट्रिय समन्यव परिषदको महाधिवेशनमा हुने प्रतिनिधिको छनौट बिधि, प्रकृया र मापदण्ड निर्धारण बारे ।

४.संस्थाको कार्यकाल, कार्यकारिणी समितिको आकार ।

५.व्यवसायगत (प्रोफेसनल) संरचनाको निर्माण।

६. महिला तथा युबा समितिको गठन र कार्यबिधि ।

७. संस्थागत संरचना सुदृढ गर्दै संघको साख अझ उचो बनाउन विधानमा आबस्यक अन्य संसोधनका बिषयहरु