-एनआरएनए एनसीसी अमेरिकाको पहिलो महिला भेला सेप्टेम्बर २६ मा हुँदै

एनआरएनए एनसीसी अमेरिकाको पहिलो महिला भेला सेप्टेम्बर २६ मा हुँदै

Hollywood Khabar September 24,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले सेप्टेम्बर २६, २०२० शनिबार पहिलो राष्ट्रिय महिला भेलाको आयोजना गरेको छ।

सम्मेलनको उद्घाटनका क्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कुमार कार्की, गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषद्का अध्ययक्ष कुमार पन्त, उपाध्यक्ष उपाध्यक्ष रविना थापा, महिला संयोजक भुमा लिम्बु, संघकी अमेरिकाज क्षेत्रकी महिला संयोजक उमा कार्की थापा, माइती नेपालकी सस्थापक अध्ययक्ष अनुराधा कोईराला, महिला अधिकार कर्मी तथा संयुक्त राष्ट्र संघ अन्र्तगत जनसंख्या कोषको उच्चस्तरीय आयोग सदस्य एवं राष्ट्र संघीय महिला विरुद्वको विभेद निरुपण समितिकी उपाध्यक्ष बन्दना राणा, महिला अधिकारकर्मी संचारिका समुहकी पूर्व अध्यायक्ष पत्रकार बबिता बस्नेत समेत अतिथि हुनुहुन्छ।

त्यसैगरी अन्य व्यक्तिहरुमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदकी निवर्तमान सचिव जानकी गुरुङ, एनसीसी अमेरिकाका निर्वतमान अध्यक्ष तथा प्रमुख संरक्षक डा केशव पौडेल, अधिकार कर्मीहरु, एनआरएनए अभियानसँग जोडिएका अभियन्ताहरु एवं अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने छ।

त्यस्तै गरी बिभिन्न बिज्ञ र दक्ष ब्यतित्वहरुबाट कार्यपत्रहरु प्रस्तुत गरिनेछ भने बिभिन्न फोरमहरुमा गहन बिषयमा छलफल हुने जानकारी गरांउदै आम नेपाली दाजुभाइ, दिदिबहिनीहरुलाई निमन्त्रणाका साथ कार्यक्रममा उपस्थितीको लागी अनुरोध गर्दछौं।

दिक्षा बस्नेत

महिला संयोजक

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

सेप्टेम्बर २४, २०२०