-एनआरएनएनए महिला विभागको पहिलो बैठक संघ र नेपाल सरकारलाइ सुहाव सहित सम्पन्न

एनआरएनएनए महिला विभागको पहिलो बैठक संघ र नेपाल सरकारलाइ सुहाव सहित सम्पन्न

Hollywood Khabar May 04,2020 Comments

प्रेस विज्ञप्ती

गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला विभागको भिडियो कन्फ्रेसं मार्फत पहिलो बैठक सम्पन्न भएको छ। बैठकका सहभागीहरुले थुप्रै सुझाव दिएका छन्। सोहि अनुरुप यहाँ केहि प्रसङ्ग र सुझावहरु पेश गरिएको छ।

संसारभर कोरोना संक्रमणले मानव जीवनमाथी नै निकै ठूलो पर्खाल खडा गरिरहेको छ। यो अवस्थामा विश्वभर रहेका नेपालीहरुको दैनिकीमा पनि धेरै समस्याहरु आईरहेका छन्। खासगरी आधिकारिक कागजात विना विभिन्न कामकोे शिलशिलामा प्रवासमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरु र अध्ययनका लागि विदेशमा रहनु भएका विद्यार्थीहरुलाई कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ को महामारीले अन्य अवस्थामा भन्दा तुलनात्मक रुपमा निकै बढी परेको छ।

त्यस बाहेक स्थापित रुपमा अरु देशमा बसि रहनु भएकाहरुलाई पनि समस्या भैहरेको खवर हामीले सुनिरहेका छौं। डिपेन्डेण्ट भई बिदेश आउनु भएका परिवारका सदस्यहरु, भिजिट भिषामा आएर रोकिनु भएकाहरुलाई पनि समस्या परिरहेको छ। विभिन्न देशमा अहिले पनि लकडाउन र शेल्टर इन प्लेस यथावत नै छ। जसका कारण दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ।

विभिन्न देशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई दैनिक जीवनयापनमा समस्या भए संघको हरेक देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) सँगको समन्वयमा उनीहरुलाई राहत उपलब्ध गराउन, संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सँग आग्रह पनि गर्दछौं।

साथै यस घडीमा कोभिड विरुद्ध जुध्न संसारभर रहेका महिला संयोजकहरुलाई तयारी अवस्थामा रहन आह्वान गर्दछौं। नेपालीहरुलाई परेको समस्या तत्काल रिपोर्टिङ गर्न र सहयोगको वातावरण मिलाउन पनि हार्दिक अपिल गर्दछौं।

विश्वभर रहेका नेपालीहरु जो नेपाल फर्किन चाहन्छन, उनीहरुलाई जतिसक्दो छिटो आफ्नो देश फर्काउने वातावरण बनाउन गैरआवासीय नेपाली संघ, महिला विभाग नेपाल सरकारसँग जोडदार माग गर्दछ।

नेपाल फर्कन चाहनेले संक्रमण भित्र्याउछन कि भन्ने शंका रहनु स्वभाविक हो। तर नेपालका हाल बन्द रहेका होटलहरुलाई क्वारेन्टाइनमा प्रयोग गरि फर्केका नेपालीलाई राख्न सकिने हुँदा स्वास्थ्य जाँच गराएर आफ्ना नागरिक फर्काउन एनआरएनए मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछौं।

अन्तमा, कोरोना भाइरसबाट हामी सबैलाई शीघ्र छुटकारा मिलोस् र हाम्रो दैनिक जीवन सहज बन्नसकोस भन्ने कामना पनि गर्दछौं।

धन्यवाद

रवीना थापा

उपाध्यक्ष तथा संयोजक महिला तथा यूवा विभाग

गैरआवासीय नेपाली संघ

भूमा लिम्बु

संयोजक, महिला विभाग

गैरआवासीय नेपाली संघको महिला विभागको

मे ५, २०२०