-Chiranjibi Ghimire, President, NRNA NCC Canada

एनआरएनएनएको महाधिवेशनको मस्यौदा बिधानप्रति एनसीसी क्यानाडाका अध्यक्षको असहमति

Hollywood Khabar January 30,2021 Comments

अध्यक्ष ज्यु

महासचिब ज्यु लगाएत

सबैलाई नमस्कार;

गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन जनवरी २३-२४, २०२१ मा प्रस्तुत बिधानप्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनएनए एनसीसी) क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरेको असहमति छ।

बिशेष महाधिवेशन २०२१ को जुम सभामा समितिबाट प्राप्त मस्यौदा बिधानलाई एजेण्डा-एजेण्डामा प्रस्तुत गर्ने हो। हामी जस्ता प्रतिनिधिहरुको छलफलबाट निर्णय गर्ने हो तर त्यसो भएन। अब यो बिधान कसरी बैधानिक हुन्छ ? यति मात्र होइन जहा २६०० जना महाधिवेशन प्रतिनिधि भएको ठाउमा ३०/४० जनाले मात्रै अभिब्यक्ति राख्न पाउने ? अनि किन चाहियो बाँकी प्रतिनिधिको नाटक ?

यो एकतर्फि निर्णय अथवा एकाधिकारको सिन्डिकेट किन ? यसबाट आम गैरआवासीय नेपाली र एनसीसीहरुले के के शिक्षा लिने हो ? उसो भए हामीले पनि यस्तै एकाधिकार अधिवेशन गरौँ, स्विकार्नु हुन्छ ? जवाफ छ? समयमै सच्चिनु होला ! गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाको अध्यक्षको हैसियतले प्रस्तुत मस्यौदा बिधान २०२१ प्रति मेरो असहमति प्रकट गर्दछ।

धन्यबाद्

चिरन्जीवी घिमिरे

अध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा

जनवरी २३, २०२१