-नेपाली भुमि फिर्ताका लागि गैरआवासीय नेपाली संघको सिग्नेचर अभियान

नेपाली भुमि फिर्ताका लागि गैरआवासीय नेपाली संघको सिग्नेचर अभियान

Hollywood Khabar May 13,2020 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले छिमेकी देश भारतले सिमा मिचेको बिशायालाई लिएर सिग्नेचर अभियान सुरु गरेको छ।

सो सिमा मिचेको कुराले संघ साथ साथै संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरु दु:खी भएका छन्। यस घडिमा सवैले मित्रराष्ट्र भारतले आफ्नो मातृभूमि नेपालको सिमा मिचेकाबारे चिन्तित रहेको अभिव्यक्ति दिएका छन्।

यसै प्रसङ्गमा गैरआवासीय नेपाली संघका अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष कुमार पन्तले आफुहरुले निर्णायक रुपमा नै प्रवासमा रहेका सम्पूर्ण नेपालीहरु भावनालाइ समाहित गर्न योजना गरेको बताउनु भएको छ। त्यसैले यो गंभिर बिषयलाइ संघले आफ्नो कार्यतालिका सहित विश्वव्यापी अनलाइन सिग्नेचर अभियान शुरु गरेको कुरा बताउनु भएको छ।

यो महान राष्ट्रियताको सवालमा बिश्वभरिका सम्पूर्ण नेपालीहरुले सहभागिरा जनाउनु हुनेछ भन्ने विश्वार लिनुभएको छ। यहाको अनलाइन सिग्नेचर अभियान लागि तालको लिंक क्लिक गर्नुहोला:

http://chng.it/CMVkPn75gj

संघ ले निम्नानुसारको कार्यतालिका तय गरेको छ:

१) मे ३१, २०२० सम्म सवै एनआरएनए एनसीसीहरुले तत तत देशमा अनलाइन सिग्नेचर संकलन गर्ने

२) जुन १, २०२० मा सवै एनआरएनए एनसीसीहरुले तत तत देश स्थित भारतीय दुतावासमा अनलाइन सिग्नेचर सहित ध्यानाकर्षण पत्र पेश गरि सोको जानकारी अन्तरास्ट्रिय समन्वय परिषदलाइ जानकारी गराउने।

३) जुन ५, २०२० मा संकलित सवै अनलाइन सिग्नेचरहरु एनआरएनए आइसीसीले काठमाडौमा केन्द्रिय नेतृत्वमा नेपाल स्थित भारतीय दुतावास, पर राष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाइ, उब्जिएको सिमा विवादबारे सम्पूर्ण गैरआवासीय नेपालीहरुको विचार, राय र समस्याका सामाधानका उपाय सहितको ध्यानाकर्षण पत्र पेश गर्नेछ।

माथि उल्लेखित अनलाइन सिग्नेचर अभियानको प्राविधिक संयोजन गर्ने जिम्मेवारी संघले अष्ट्रेलियाका गैरआवासीय नेपाली डिला खरेललाइ दिएको छ। कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिमा भेला हुन कठिनाही हुने भएकोले संघले प्रविधिको सदुपयोग गरि अनलाइन सिग्नेचर अभियान शुरु गर्न खरेलको संयोजनमा अभियान गरेको हो। यो अभियान स्पष्ट रुपमा मातृभूमि प्रतिको जिम्मेवारीवोध र संसारभर छरिएर रहेका गैरआवासीय नेपालीको भावनाको प्रकट हो भन्ने कुरा खरेलको अभिव्यक्ति रहेको छ।

कृष्ण के सी

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

मे १४, २०२०