-गैरआवासीय नेपाली संघ कोभिड-१९ राहतकोष (COVID-19 Relief Fund) सम्बन्धी कार्यविधी-२०२०

गैरआवासीय नेपाली संघ कोभिड-१९ राहतकोष (COVID-19 Relief Fund) सम्बन्धी कार्यविधी-२०२०

Hollywood Khabar April 08,2020 Comments

कोरोना भाईरस (COVID-19) को महामारीबाट पिडित विश्वभर छरिएका नेपालीहरुलाई सहयोग गर्न एक NRNA COVID-19 Relief Fund को स्थापना गरिएकोछ । यस कोषको सञ्चालन र व्यवस्थापना यस कार्यविधी अनुसार हुनेछ । यस कार्यविधी संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति ९ अप्रिल २०२०मा बसेको बैंठकले पारित गरेकोछ र यसै मितिबाट लागु हुनेछ ।

१) यस कोष कोरोना भाईरस (COVID-19) को प्रकोपले प्रभावित पारेका नेपालीहरुको राहतमा केन्द्रित रहनेछ ।

  • यस कोषमा संसार भरी छरिएर रहेका गैरआवासीय नेपालीहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदका अभियन्ताहरु, वर्तमान तथा पूर्व पदाधिकारीहरु, सदस्यहरु, पञ्जीकृत सदस्यहरु, शुभचिन्तकहरु, स्वदेशी तथा विदेशी परोपकारी व्यक्ती तथा संघ सँस्थाहरुको सहयोग रहनेछ ।
  • यस कोष संघको मानव तथा समाजल्याण विभागको मातहतमा रहनेछ ।

४) कोष संकलन तथा व्यवस्थापन गर्न कोषाध्यक्षको संयोजकत्वमा क्षेत्रीय संयोजक र पदाधिकारीहरु रहेको एक समितिको निर्माण गरिएकोछ (अनुसूची १) ।

५) दाताहरुले निम्न दुई किसिमले यस राहतकोषमा रकम सहयोग गर्न सक्नेछन्।

क) संघले सञ्चालन गरेको अनलाईन प्रणाली मार्फत क्रेडिट वा डेविट कार्डबाट

www.nrna.org/donate

ख) संघको नेपालमा रहेको निम्म बैंक खातामा जम्मा गरेर Bank Name: Sanima Bank Limited

Branch Name: Alakapuri, Kathmandu

Account No.: 024010510000034

Beneficiary: NRNA EMERGENCY FUND

Swift Code: SNMANPKA

६) राष्ट्रिय समन्वय परिषदहरुले एक कार्यविधी बनाई कोषको स्थापना गर्न सक्नेछन् । दाता र कोषको वित्तिय विवरण अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्नु पर्नेछ । राष्ट्रिय समन्वय परिषदको आधिकारीक बैंक खाताबाट कारोबार गरेको हुनु पर्नेछ । संघको बैंकखाता खोल्न स्थानीय कानूनले नदिएको अवस्था संघसँग पुर्व स्विकृत लिएर वैकल्पिक व्वस्था गर्न सकिनेछ ।

७) आवश्यकता अनुसार कोष संकलन गर्नका लागि कोषाध्यक्ष संयोजक रहेको मूल समिति अन्तरगत क्षेत्रीय स्तरमा समितिहरु निर्माण गर्न सकिनेछ । एउटा क्षेत्रमा एउटा मात्र क्षेत्रीय समिति रहनेछ । तर रकम संकलन दाताहरुबाट सिधै अन्तर्राष्ट्रिय समितिले व्यवस्था गरेको बैंकखाता वा अनलाईन प्रणालीबाट गर्नु पर्नेछ । छुट्टै बैंक खाता वा व्यक्तीको बैंक खातामा जम्मा गर्न पाईने छैन् । क्षेत्रीय समितिको संयोजक क्षेत्रीय संयोजक वा निजको तोकेको व्यक्ती हुनेछ ।

८) क्षेत्रगत रुपमा बनेका समितिहरुको पहलमा उठेको रकम सम्वन्धित क्षेत्रमा रहेका पिडित नेपालीहरुका सहयोगका लागि खर्च गरिने छ । कुनै एक क्षेत्रबाट अर्को क्षेत्रमा रकमान्तर गर्न परेमा पदाधिकारीको बैंठकले निर्णय गरे बमोजिम हुनेछ ।

९) अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदले स्थापना गरेको राहत कोष एक अर्काका परिपुरक भएकाले दाताहरुले ईच्छा अनुसार एक वा दुबै कोषमा सहयोग गर्न सक्नेछन् ।

१०) संघका पदाधिकारी वा संघमा संलग्न व्यक्तीहरुले अन्तर्राष्ट्रिय समन्वय परिषद वा राष्ट्रिय समन्वय परिषदले स्थापना गरेको राहत कोषमा सहयोग गर्ने कर्तब्य हुनेछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदले गरेको माथि उल्लेखित व्यवस्था बाहेक संघ वा संघको विभाग, समिति, उपसमिति वा कार्यदलको नाममा छुट्टै किसिमले सहयोग रकम संकलन गर्न पाईने छैन्।

११) अन्तर्राष्ट्रिय समन्वय परिषदले व्यवस्था गरेको अनलाईन प्रणाली वा बैंकखातामा सहयोग गर्ने दाताको नामावली संघको आधिकारीक वेभपेज वा फेसबुकमा नियमित रुपमा प्रकाशन गरिनेछ । आफ्नो नाम प्रकाशन गर्न नचाहने दाताहरुको लागि स्वही अनुसार व्यवस्था गरिएको छ ।

१२) संघले नेपाल सरकारलाई COVID-19 बाट बच्ने सुरक्षाका सामाग्री र COVID-19 जाँच्ने उपकरण प्रदान प्रवन्ध मिलाईएकोले बाहेकको रकम बाहिर बस्ने नेपालीहरुको लागी खर्च गरिनेछ ।

१३) यस राहतकोषबाट COVID-19 को संक्रमणबाट बच्ने सुरक्षाका सामाग्री, दैनिक जिविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएमा अन्त्यष्टी, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउने लगायत शिर्षकमा सहयोग गर्न सकिनेछ । संक्रमणको विकसित अवस्था र संकलित रकमको अवस्था हेरी यस सम्वन्धि विस्तृत कार्यविधी निर्माण गरिनेछ ।

१४) COVID-19 संक्रमणबाट बच्ने सुरक्षाका सामाग्री किन्नु पर्ने भएमा (यस कोषको रकम खर्च गरी) संघको लजिष्टिक समितिसँग परामर्श गर्नु पर्नेछ ।

१५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदहरुले गरेको आर्थिक र अन्य सहयोगलाई मौद्रिकमुल्यमा रुपान्तर गरी यसको विवरण प्रकाशन गरिनेछ ।

१६) COVID-19 Relief Fund मा रकम बाँकि रहेमा सो रकम अन्तर्राष्ट्रिय समन्वय परिषदको कल्याणकारी कोषमा संकलन गरिनेछ । राष्ट्रिय समन्वय परिषदले उठाएको रकम राष्ट्रिय समन्वय परिषदको कल्याणकारी कोषमा संकलन गरिनेछ ।

१७) COVID-19 संक्रमणबाट विकशित परिस्थितिलाई हेरी संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालयले यस कार्यविधीलाई संशोधन गर्न सक्नेछ ।

९ अप्रिल २०२०

गैरआवासीय नेपाली संघ

अनुसूची-१

NRNA COVID-19 Relief Fund Raise Committee

Patron: Kumar Panta, NRNA President

Head of Department: Sonam Lama, NRNA Vice President

Advisor: Dr Badri KC, NRNA Vice President

Advisor: Arjun Kumar Shrestha, NRNA Vice President

Advisor: Mana KC, NRNA Vice President

Advisor: Rabina Thapa, NRNA Vice President

Advisor: Dr Hem Raj Sharma, NRNA General Secretary

Advisor: DB Chhetri, NRNA Spokesperson

Co-Ordinator: Mahesh Kumar Shrestha, NRNA Treasurer

Deputy Co-Ordinator: Gouri Raj Joshi, NRNA Secretary

Deputy Co-Ordinator: RK Sharma, NRNA Secretary

Deputy Co-Ordinator: Lok Prasad Dahal, NRNA Joint Treasurer

Member: Bhoma Limbu, NRNA Women Coordinator

Member: Himal Gurung, NRNA Youths Coordinator

Member: Roshan Thapa, NRNA Africa Regional Coordinator

Member: Rajan Tripathi, NRNA Americas Regional Coordinator

Member: Robindra Prasad Shrestha, NRNA Asia Pacific Regional Coordinator

Member: Narayan Acharya, NRNA Europe Regional Coordinator

Member: Prabin Gurung, NRNA Middle East Coordinator

Member: Hom Nath Pandey, NRNA Oceania Regional Coordinator

Invitee members: All NCC Presidents

डिबी क्षेत्री

प्रवक्ता

गैरआवासीय नेपाली संघ

अप्रिल ९, २०२०