-NRNA:गैरआवासीय नेपाली संघको केन्द्रिय नेतृत्वको लागि अमेरिकाज क्षेत्रबाट चार उम्मेद्वार-Sonam Lama, Dr Keshab Paudel, Gouri Raj Joshi,AC Sherpa

NRNA:गैरआवासीय नेपाली संघको केन्द्रिय नेतृत्वको लागि अमेरिकाज क्षेत्रबाट चार उम्मेद्वार

Hollywood Khabar May 29,2019 Comments

कृष्ण के सी/अमेरिका/५/३०/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुवर २०१९ मा हुने विश्व सम्मेलन तथा अधिवेशनको तयारी सुरु भएको छैन। तर निर्वाचनका लागि उम्मेद्वार हुनेहरुको चहल पहल भने सुरु भएको छ।

यो पटक अध्यक्षका लागि हाल सम्म एक मात्र उम्मेद्वार वर्तमान उपाध्यक्ष कुमार पन्त देखिएका छन्। हुन पनि पन्तको प्रतिस्पर्धामा आउने उम्मेद्वारको ऐले सम्म कुनै टुंगो लागेको छैन। एकाथरीले पन्त निर्बिरोध हुन्छन समेत भन्न थालेका छन्। तर अर्काथरीले भने त्यसै किन छाड्ने पनि भन्न थालेका छन। जे सुकै भएता पनि उपाध्यक्ष पन्त एकल रुपमा अगाडी आएका निर्विकल्प अध्यक्षका उम्मेदवार भएका छन्।

हुन त वर्तमान अध्यक्ष भबन भट्ट पनि अर्को कार्यकालको लागि आउँछन् भन्नेहरु पनि छन । जे भएता पनि गत हप्ता मात्रै उपाध्यक्ष पन्त अमेरिकाको भ्रमण गरेर धेरै कुरा चाँजो-पाँजो मिलाएर फर्केका छन् ।

यसै शिलसिलामा एनआरएनए अमेरिकाज क्षेत्रबाट यो पटक चारजना व्यक्तिहरु अन्तराष्ट्रिय नेतृत्वको लागि अगाडि आएका छन्। उनीहरु चार जनामा चारै जना अमेरिकाका हुन्। यति मात्र होइन चारैजनाको पहिचान र योगदान फरक फरक छ।

१. सोनाम लामा

सोनाम लामाले यसपटक आफूले उपाध्यक्षमा नछोड्ने बताएका छन। लामा यस क्षेत्रको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य देखि, क्षेत्रीय उपसंयोजक (डिआरसी) र क्षेत्रीय संयोजक (आरसी) सम्मको जिम्मेवारी पुरा गरेका व्यक्ति हुन्। यस बाहेको एनआरएनए मुख्यालय क्याम्पस बनाउने, लाप्राक नमुना बस्ति निर्माण, भुकम्प पिडित राहत संकलन-वितरण देखि यस्ता थुप्रै प्रोजेक्टहरुमा लामाको ठूलो योगदान छ।

लामाले हलिउडखबरसँग कुरा गर्दै भने यो पटक अध्यक्षकै लागि उम्मेद्वार बन्न दवाव दिनेहरु पनि छन्। तर म एकैपटक जम्प गर्दिन उपाध्यक्षमा नै प्रतिस्पर्धा गर्छु। एसिया, युरोप, ओसनिय, मिडल इष्ट र आफ्नै होम रिजन अमेरिकाज सबैतिर समान रुपमा परिचित लामा यो पटक जित्ने निश्चित नै छ भन्छन अन्यत्रबाट पनि। लामा एक सफल ब्यबसायी पनि हुन्। न्यूयोर्कमा ४/५ वटा ब्यबसाय भएका लामाको नेपालमा पनि ब्यबसाय छन्। मुस्ताङमा नेपालकै ठूलो रिजोर्ट निर्माण सम्पन्न गर्नै लागेका लामाको अर्को ब्यबसाय काठमाण्डौमा पनि सुरु हुनै लागेको छ।

२. डा केशब पौडेल

त्यसैगरी एनआरएनए एनसीसी अमेरिकाका दुइ-दुइ कार्यकाल अध्यक्ष भएका डा केशब पौडेल अब एकै पटक महासचिवको लागि प्रतिस्पर्धा गर्ने कुरा पक्का भएको बताउँछन्। वर्तमान एनसीसी अमेरिकाका अध्यक्ष डा पौडेलले आफू २०१७ मा नै महासचिवमा प्रतिस्पर्धा गर्न लागेको तर एक पटक यतै दोहोरिने सबैको सल्लाहले गर्दा बसको बताउँछन। डा पौडेलले आज हलिउडखबरसंग कुरा गर्दै आफू उम्मेद्वार हुने कुरा पक्का भएको बताएका हुन्। पेशाले मेडिकल डाक्टर पौडेल तनहुँ जिल्लामा जन्मेर हुर्केका हुन् ।

नेपालमा हुँदा नेपाल बिधार्थी संघको राजनीतिमा केन्द्रिय नेतृत्वमा समेत पुगेका ब्यक्ति हुन् डा पौडेल। पौडेलले आफ्नो बिधार्थी कालका थुप्रै साथीहरु विश्वका थुप्रै देशमा संघको नेतृत्व तहमा नै पुगेकाले पनि आफूलाइ महासचिवको लागि प्रोत्साहन गरेको बताए । उनले आफूसंग समय छ, अन्य योग्यता सबै छन्, इच्छा पनि छ, संस्थालाई अलिकति सिकेको पनि छु भने किन पछि हटुनु भन्ने कुराको जवाफ दिए ।

३. गौरी राज जोशी

वर्तमान अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशी यो पटक एनआरएनएको सचिवको लागि प्रतिस्पर्धा गर्दै छन्। आरसी गौरी जोशीको सो उम्मेद्वारी धेरै पहिला नै टुंगो लागेको हो। लामो समय पछि एकै पटक २०१७ मा अमेरिकाको अध्यक्षमा प्रतिस्पर्धा गर्दा मिलाप गर्दै क्षेत्रीय संयोजकमा निर्वाचित जोशी विस्तारै संस्था भित्र बलिया हुँदै गएको मानिएका छन्।

पेशाले आइटीका ब्यबसायी जोशीको अन्य ब्यबसायमा पनि लगानी रहेको छ। चितवन पुर्खौली भएका जोशी लामो समय देखि टेक्ससस बस्दै आएका छन्। नेपालमा पनि लगानी गर्दै आएका जोशीले पछिल्लो समयमा संघको थुप्रै क्षेत्रमा योगदान गरेका छन्।

४. एसी शेर्पा

आइसीसी सदस्य हुँदै क्षेत्रीय उपसंयोजक समेत भएका नेपाल सरकारका बाणिज्य दुत एसी शेर्पा सोलुखुम्बु जिल्लामा जन्मिएका व्यक्ति हुन्। शेर्पाले आफू सह-कोषाध्यक्षका लागि प्रतिस्पर्धा गर्ने कुरा बताए। एसी शेर्पा ८/१० बर्षको कलिलो उमेरमा अमेरिका आएका थिए। हाल शेर्पाले वाशिंगटन स्टेटमा ब्यबसाय गर्दै आएका छन्। रियल स्टेट र पर्यटन लगायतका ब्यबसायी शेर्पा नेपालमा समेत ठूलो लगानीका ब्यबसाय गर्छन। एनआरएनएको झण्डा लिएर सगरमाथाको सफल आरोहण गरेका शेर्पाले सेभेन समिटको समेत सफल आरोहण गरिसकेका छन्। उसो त शर्पा ७५ भन्दा धेरै देशको लागि माउण्टेरिङका प्रशिक्षक पनि हुन्।

शेर्पाको एनआरएनएमा सबैजसो मेगा प्रोजेक्टहरुमा उल्लेखनिय योगदान र सहभागिता रहेको छ। यसबाहेक सोलुमा मात्रै २ करोड भन्दा धेरै रकम सामाजिक बिकासका लागि योगदान गरेका छन् शेर्पाले। अध्ययन र ब्यबसाय दुवैले प्रोफेशनल मानिने शेर्पाले संस्थाको आर्थिक पारदर्शिता र दोगो रुपमा श्रोत विकास गराउन आफ्नो योगदान रहने कुरा हलिउडखबरसंग बताए।